logo
२०८१ मंसिर ९ आईतवार



गजल

शनिवार |


गजल


कमलराज केसी

जति सिकियो जीवन जिउने कला मातापिताबाट
जानिएन वर्षौं पढ्दा पनि वेद पुराण र गीताबाट

सांसारिकताको यो मोह अन्धता कति व्यर्थ रहेछ
घामजस्तै छर्लङ्ग हुन्छ जलिरहेको चिताबाट

दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो आँखै अगाडि
उठ्न सकेनौँ हामी यो कुर्सीको लडाइँ यो रमिताबाट

नहेप्नु गरिब भनी सबैको पालो आउँछ एकदिन
कैयौँ मान्छे उठेका उदाहरण छन् चप्पलको फिताबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?