logo
२०८१ मंसिर ९ आईतवार



कथा : प्रेम थेरापी

शनिवार |


कथा : प्रेम थेरापी


विमल भौकाजी


‘‘लौन, के भो मेरा आँखा ?’’ आमाको करिब–करिब कहालिएको आवाजले झसङ्ग भएर बिउँझियो ऊ । जुरुक्क उठ्यो, घडीसमेत हेरेन र आमा भएको ठाउँतर्पm लम्कियो ।
सुत्ने खाटमा आमा थिइनन्, भुइँमा थिइन् र उठ्न खोज्दै आँखा मिच्दै थिइन् । आमाको छेउमा पुग्दा पो आभास भयो उसलाई, उज्यालो त्यति खुलिसकेको थिएन ।
‘‘लड्नुभयो कि क्या हो आमा ?’’ आमालाई बिस्तारै उठायो उसले । उसको प्रश्नको जवाफ आएन आमाबाट, बरु उनको आवाज उस्तै अत्तालिएको थियो, ‘‘राति सुत्दासम्म ठीकै थियो । अहिले उठ्दा त रिमरिम रिमरिम मात्रै पो छ त मेरा आँखा !’’ ‘‘अलिक अँध्यारै छ नि आमा ! उज्यालो भइसकेको छैन । अँध्यारोमा कहाँ देखिन्छ त ?’’ यतिञ्जेल, उसको सहयोगमा आफ्ना दुवै हात टेकेर आमा उठ्दै बोलिन्– ‘‘यहाँ कता खुट्टा अल्झेछ, पछारिइहालेँ त !’’ उसले आमाको शिरमा यसो हात सहलायो, ‘‘ठोक्किन त ठोक्केन आमा तपाईंलाई ?’’

‘‘के भनेको तैँले ?’’ उसले मुख चलाएको जस्तो मात्रै भान भयो आमालाई ।
शायद राम्रोसँग बुझिनन् उसको कुरो, उसले ठान्यो । आमा कम सुन्नुहुन्छ, यसबाट ऊ भलिभाँती परिचित थियो । बडबडाउन लागिन्– ‘‘हे भगवान् ! कस्तो सराप दियौ मलाई ? के भो मेरा आँखालाई ?’’
‘‘कहिलेकाहीँ यस्तो हुन्छ नि आमा ! अलिक उज्यालो होस्, देखिहाल्नु हुन्छ नि ! हिँड्नुस् भित्रै !’’ डो¥याउन लाग्यो उसले असीको उमेर काटिसकेकी आमालाई । एउटा कठपुतलीझैँ डोरिँदै गइन् उनी ।
खाटमा बसाउनासाथ बोलिन्– ‘‘हेरिदे त बाबु, केही भाको छ कि आँखामा !’’

उसले आमाका आँखामा नियालेर हे¥यो । रसिला थिए दुवै आँखा । आँखामा के भएको ? कसरी जान्नु ! डाक्टर भए पो आपूm !
आँखा च्यातेर हे¥यो । खोइ, के देखिनु ? तैपनि जानी–नजानी भन्यो– ‘‘पख्नुस्, पख्नुस्, म फुक्दिन्छु ।’’ र, उसले एउटा आँखामा लामो फु... गरिदियो ।
‘‘खोइ, यसमा पनि फुक्दे !’’ अर्को आँखा आफैँले च्यातिदिइन् । उसले त्यो आँखामा पनि त्यसरी नै लामो फु... फुक्यो । झिमझिम... झिमझिम... आमाले दुई–तीन पटक छिटो–छिटो दुवै आँखा खोल्दै–चिम्लँदै गरिन् । भएन, मज्जाले दुवै हत्केलाले आँखा मिचिन् । अहँ, बीसको उन्नाइस भएन । झन्डै–झन्डै पूरै अन्धकार... ।

‘‘अहँ, मैले केही देखिनँ ।’’ उनले लामो सुस्केरा हालिन्, ‘‘साँच्चै अब म अन्धी भएँ कि क्या हो बाबु ।’’
उसले आफैँलाई सोध्यो, के अब आमाले देख्नै नसक्ने हुनुभएको हो त ? आमाका आँखा धमिलो–धमिलो हुँदै गएको त उसलाई थाहा थियो नै, तर हिजोको आजै !... अनुमान ग¥यो, लड्दा टाउकोमा कतै ठोकिएछ कि !
तैपनि मायालु पाराले बोल्यो ऊ– ‘‘आमा ! राम्रोसँग हेर्नुस् त !’’ तर उनले कुनै प्रतिक्रिया जनाइनन् । उसलाई लाग्यो, शायद अनेक तर्कना चलिरहेको होला आमाको मनमा । अझ जोडले चिच्यायो ऊ– ‘‘आमा !!’’
‘‘के भनेको ? कति सानो स्वरले बोलेको ?’’ यस पटक आमाले प्रतिक्रिया जनाइन् ।

ओहो ! कान सुन्ने शक्ति पनि साँच्चिकै कम भएछ । एकैसाथ आँखा र कानको शक्ति यसरी हराउनु केको सङ्केत हो ?... चिन्तित बन्यो ऊ, डाक्टरकोमा देखाउन लानुपर्ने पो हो कि ! तर भित्रभित्रै आशा पनि ग¥यो, दिन खुल्दै गएपछि समस्या कम होला । त्यो बिहान यत्तिकै नै बित्यो । खाना खाने बेलामा उसकी श्रीमतीले भान्साकोठाबाट डाकिन्– ‘‘आमा ! खाना खान आउनू है !’’
आमाको चालचुल देखिएन । अफिस जान तयार भएको ऊ भने खाना खान बसिसकेको थियो ।

‘‘आमा !’’ फेरि चिच्याइन् उसकी श्रीमती, ‘‘हैन, आमा किन नआउनुभाको ?” ओहो ! अब पो सम्झ्यो उसले बिहानको कुरो, जुरुक्कै उठेर भान्साकोठाबाट फटाफट ऊ निस्कियो । ‘‘लौ, किन उठ्नुभाको तपाईं ? कहाँ जान लाग्नुभाको ?” श्रीमतीको प्रश्न । प्रश्न सकिँदा ऊ ढोकाबाहिर पुगिसकेको थियो । श्रीमतीका आँखाले उसको पदचाप पछ्याइरह्यो । “आमा !” ऊ आमाको सामुन्ने पुग्यो । आमा यत्तिकै धुम्धुम्ती बसिरहेकी थिइन् ।
उसले सहजतापूर्वक भन्यो– “आमा, खाना खाने बेला भइसक्यो त ! किन बसिराख्नुभाको ? हिँड्नुस् !”
कुनै प्रतिक्रिया आएन आमाबाट । उसले झकझक्यायो– “आमा !” तर्सेझैँ भइन् आमा । अलिक नियालेर हेरिन् उसलाई र ‘‘के ?” भनेको सङ्केत गरिन् ।
आमाले प्रष्ट देख्न नसकेको र प्रष्ट सुन्न नसकेको अब भने उसलाई पूरै विश्वास भयो । “हिँड्नुस्, खाना खान !” आमाको पिठ्यूँमा हात राख्यो । सुस्त पाइला चल्यो आमाको ।
“के भो, लौ न ?” आमा–छोराको दृश्यबाट हतप्रभ भइन् श्रीमती । र, आमालाई समात्न आइपुगिन् ।

दुवैले आमालाई एउटा कुर्सीमा राखे ।
ऊ बोल्यो– ‘‘आमाले आँखा देख्नुभएन । कान पनि सुन्नुभएन ।” “हो र ? कसरी ?” आमालाई नियाल्दै श्रीमतीको प्रश्न । जवाफ फर्काउन जरुरी ठानेन उसले ।
श्रीमतीले चुपचाप खाना पस्केर आमाको अघिल्तिर राखिदिइन् । तर आमा मौन !
उसले आमाको थाल हे¥यो र हे¥यो आमाको अनुहार । “पानी ल्याऊ त, आमाको हात धोइदिऊँ !” श्रीमतीलाई अह्रायो । श्रीमतीले करुवामा पानी र एउटा भाँडा ल्याइन् । “ल हात धुनुस् !” उसले आमाको हात तान्यो । श्रीमतीले पानी खन्याइदिइन् ।
थालमा हात लगेर छुवाउँदै भन्यो– “खाना खानुस् आमा !” एकदम धमिला आँखाले थालमा हेरिन् आमाले र छामछाम छुमछुम गर्दै कचौरा समातेर दाल–भात मुछिन् । र, सुस्त–सुस्त गाँस टिप्न लागिन् ।
सधैँभन्दा आज खाना खान ढिला गरिन् । उसले, खाइसकेर हात–मुख धोइसक्दा पनि आमाले खाइसकेकेकी थिइनन् । खाइनसकुञ्जेल आमाले खाइरहेको हेरिरह्यो उसले ।
थालमा अलिअलि खाना बाँकी रहँदैमा आमाले थाल अगाडि घचेँडिन् । ‘‘आमा, पुगेको हो ?’’ सोधिन् श्रीमतीले ।
उनी प्रतिक्रियाविहीन !

श्रीमतीले अघिको, हात धोएको भाँडा अगि सारिदिइन् । उसले एउटा हातले आमाको जुठो हात तान्दै भन्यो– “आमा, हात धुनुस् !” र, अर्को हातले पानी खन्याइदियो ।
आमाले चुपचाप हात–मुख धोइन् र बिस्तारै उठ्न लागिन् । ओहो ! यस्तो गह्रौँ शरीर त आजसम्म लागेको थिएन । “खुइया... !” उनले लामो सुस्केरा छाडिन् ।
“के भो आमा ?” उसले आमाको काननजिक मुख पु¥यायो । तर कुनै जवाफ फर्किएन ।
“आमा !” यस पटक आमाको पिठ्यूँ मुसार्दै ऊ अलिक जोडले चिच्यायो– “सुन्नु भएन ?”
“तैँले केही भनेको होस् बाबू मलाई ?” आमाको आवाजमा शिथिलता थियो, “मैले केही सुनिनँ ।”

“सुनिहाल्नु हुन्छ नि ! किन चिन्ता गर्नुभाको ?”
भन्न त भन्यो उसले तर उसलाई थाहा थियो, यो उमेर..., अब आमाले कान पक्कै सुन्नुहुन्न ।
अचानक ! आमाले सुने जस्तै गरेर भनिन्– “दुनियाँको नराम्रा कुरा सुन्नु परेन बाबु अब मलाई, एक किसिमले आनन्दै पनि भयो ।” उनको स्वरमा कम्पन थियो ।
आमाका आँखा नियाल्यो उसले, आँसु त थिएन त्यहाँ तर आफूले कान सुन्न नसकेको पीडाबाट उनी भित्रभित्र रोइरहेको उसले राम्रैसँग महसुस ग¥यो । उसले आमाको त्यो अनुभूतिलाई सहिरहन सकेन । आखिर ऊ थियो मान्छे नै । एउटा कमजोर मुटु भएको मान्छे । एकाएक उसले आमालाई अँगालोमा बे¥यो ।

एकछिन स्थिति भावुक बन्यो । अर्को क्षणमा, आमाले आफूलाई उसको अँगालोबाट बिस्तारै छुटाइन्, उसका दुवै हात समातिन् र अलिक बलपूर्वक बोलिन्– “तेरो यो माया नै मेरा लागि सबैभन्दा ठूलो कुरो हो बाबु ! भैगो, मलाई अर्थोक केही चाहिएन । बस्, तैँले राम्रो–राम्रो सुन्नू, तेरा कानबाटै म पनि सुनूँला !” आमाले उसका दुवै कान मुसारिन् ।
आहा ! उनको स्नेहले ऊ कति पुलकित भयो ! मानौँ, यसको तौल गर्ने यन्त्र सम्भवतः दुनियाँमै बनेको छैन ।

“आमा ! सुन्नुहुन्छ आमा, तपाईंले सुन्नुहुन्छ, भोलि डाक्टरकोमा देखाउन जाऊँला !” उसले आमालाई झुठो ढाडस दिएर आफैँलाई सहानुभूति दियो ।
तर कहाँ सुनिन् र आमाले उसको कुरा ! ट्वाल्ल हेरिरहेका उनका आँखाले यसलाई प्रष्ट्याइरहेका थिए । उसले आमाका आँखा एकदम नियालेर हेरिरह्यो ।
“बाबु !... छोरा !” आमाले बिस्तारै आफ्ना दुवै हात उसका गालामा राखिन् र सुस्तरी आँखामा पु¥याएर मुसार्न लागिन् । “तैँले देखे पुग्छ छोरा, तेरै आँखाबाट दुनियाँ हेरूँला म !” उफ् ! फरक्क पछाडि फर्कियो ऊ । भक्कानिएको छातीलाई बल गरेर बाँध्यो । तर... रोक्न सकेन समुद्र बनेका आँखालाई, तप्–तप्... पग्लिरह्यो ऊ निक्कैबेर । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?