प्रीति कौर
भन्थ्यौ तिमी दुखाउँदिन यो मुटु जानीजानी
सबतिर ढाँट्दै हिंड्ने रै’छ तिम्रो बानी
भन्थ्यौ तिमी दुखाउँदिन यो मुटु जानीजानी ।
मलाई राख्ने मुटुमा पराइको बास भयो
माया गर्छु भन्थ्यौ तिमी अरू नै खास भयो
आँखामा सपना नपर्दै रातैभरि भिजे सिरानी
भन्थ्यौ तिमी दुखाउँदिन यो मुटु जानीजानी ।
टुक्रिएको मुटु लिएर भित्रभित्रै जलिरहँे
ओठमा मुस्कान बोकी आफैँसँग छलिरहेँ
रातले टेकेपछि ओझेलमा परिरह्यो बिहानी
भन्थ्यौ तिमी दुखाउँदिन यो मुटु जानीजानी ।