logo
२०८१ मंसिर १२ बुधवार



कुदानका प्राचीन लोकचित्रकला

शनिवार |


कुदानका प्राचीन लोकचित्रकला


विक्रममणि त्रिपाठी

नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा अवधी भाषा बोलिन्छ । हालसम्म उपलब्ध ऐतिहासिक तथ्यहरूका आधारमा हेर्दा यस क्षेत्रमा अवधी भाषी आर्यहरूको उपस्थिति मानव जीवनको आरम्भदेखि रहेको पाइँदैन । ऋग्वेदिक कालखण्डमा अवधी भाषी समाज भारतको राजधानी दिल्लीनजिक यमुना नदीको आसपासमा रहेको पाइन्छ । उपनिषद् तथा महाकाव्यकाल (इसापूर्व आठ/नौ सय वर्ष)मा आएर मात्रै यी आर्यहरू कोशल राज्यभन्दा धेरै पूर्व विदेह (मिथिला राज्य)सम्म फैलिएको देखिन्छ । अर्थात् इसापूर्व १२ सयदेखि आठ÷नौ सय वर्षबीचको कालखण्डमा वर्तमानको अवधी समाज यस भूभागमा आएको प्रमाणित हुन्छ ।

कपिलवस्तु जिल्लाअन्तर्गतकै तिलौराकोट तथा गोटिहवामा भएको उत्खननमा सबैभन्दा तल्लो तहमा पाइएको नरहन संस्कृतिको उपस्थितिले पनि यसको पुष्टि गर्छ । यस क्षेत्रमा पाइएको नरहन संस्कृति नै आर्यहरूको उपस्थितिको सबैभन्दा पुरानो प्रमाण हो । आर्यहरूसित सम्बन्धित यस किसिमको संस्कृति सबैभन्दा पहिले भारत, उत्तरप्रदेश राज्यअन्तर्गतको गोखपुरबाट पश्चिम नरहन भन्ने ठाउँमा उत्खनन गर्दा पाइएकाले सोही ठाउँको नाममा यस किसिमको पुराताìवक अवशेषलाई नरहन सांस्कृतिक अवशेष तथा संस्कृतिलाई नरहन संस्कृति भनिन्छ । यस कालखण्डलाई पूर्व बौद्धकालका रूपमा पनि चिनिन्छ ।

पूर्व बौद्धकाल र बौद्धकालमा वर्तमान नेपालको यो भूभाग कोशल राज्यअन्तर्गत थियो । यही कोशल राज्यअन्तर्गत तत्कालीन शाक्य गणराज्य, कोलीय गणराज्य, कोशल महाजनपद सहितका भारतको उत्तर प्रदेश, मध्य प्रदेश तथा छत्तीसगढ प्रदेशअन्तर्गत फैलिएका मल्ल गणराज्य, काशी महाजनपदलगायत आठ गणराज्य थिए । यीमध्ये वर्तमान नेपालको कर्णाली नदीदेखि पूर्व तथा राप्ती नदी (अचिरावती)देखि पश्चिमको भूभाग तत्कालीन कोशल महाजनपदअन्तर्गत राप्ती नदीदेखि पूर्व तथा लुम्बिनीदेखि पूर्व कोइली नदीदेखि पश्चिमको भूभाग शाक्य गणराज्यअन्तर्गत तथा कोइली नदीदेखि पूर्व तथा नारायणी नदीदेखि पश्चिमको भूभाग कोलीय गणराज्यअन्तर्गत पर्दथ्यो ।

नेपालको पश्चिमी तराई क्षेत्रअन्तर्गतको यस भूभागमा आर्यहरू आउनुपूर्व पनि यस भूभागमा मङ्गोलियन मोनख्मेर तथा निषादहरू यस क्षेत्रमा बसोबास गरिरहेका थिए । सम्भवतः सिन्धु उपत्यकाबाट द्रविडहरू पनि आर्यहरू आउनुभन्दा पूर्व नै यस क्षेत्रमा आइसकेका थिए । अहिलेको अवधी भाषाभाषी समाज यही प्राचीन कोशल राज्यअन्तर्गत बसोबास गर्दै आएको समाज हो । धार्मिक रूपमा हिन्दु तथा इस्लाम धर्मावलम्बीको साझा समाजका रूपमा रहेको यस समाजको क्षेत्रलाई मुस्लिम शासन कालमा अवध राज्यको नामले नामकरण गरियो तथा यस क्षेत्रमा बोलिने भाषालाई अवधी भनियो । कोशल राज्यअन्तर्गतको यस शाक्य गणराज्यको सीमा पश्चिममा राप्तीपूर्व रोहिणी नदी, उत्तरमा महाभारतको पाद्भाग र दक्षिण–पूर्वमा कोशलजनपद र कुशीनारा मल्ल गणराज्यसँग जोडिएको थियो । यसरी नेपालको लुम्बिनी, तौलिहवा आदि स्थानका साथै अहिलेको भारतको उत्तर प्रदेश राज्यअन्तर्गतको बस्ती र सिद्धार्थनगर जिल्लाअन्तर्गतको बांसी, पिपरहवा, नौतनवा, शोहरतगढ, बढनी, डुमरियागञ्ज आदि क्षेत्र प्राचीन शाक्य गणराज्यभित्र पर्दथ्यो । कपिलवस्तुबाहेक यस गणराज्यमा आठ–नौवटा अन्य नगर पनि थिए ।

यही शाक्य गणराज्यअन्तर्गत रहेका महìवपूर्ण पुराताìिवक क्षेत्रमध्ये एक कुदान (न्यग्रोधाराम) पुराताìिवक तथा ऐतिहासिक दृष्टिकोणले अत्यन्त महìवपूर्ण छ । यो क्षेत्र कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट तीन किलोमिटर दक्षिणमा पर्दछ । यसै स्थानमा भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि प्रथमपटक कपिलवस्तु आएको बेला आफ्ना बुवा शुद्धोधनसँग भेट गरेका थिए । यसै स्थानमा राहुल भिक्षु सङ्घमा प्रवेश गरेको, भगवान् गौतमबुद्धकी कान्छी आमा प्रजापति गौतमीले भगवान् गौतम बुद्धलाई कषाय वस्त्र दिएकी थिइन् । भगवान् गौतमबुद्धले आफ्नी कान्छी आमा गौतमी र परिवारका अन्य सदस्यसित भेट गरेको यस स्थान अर्थात् कुदानमा चारवटा ढिस्का, एउटा मन्दिर र एउटा पुरिएको इनार आदि अहिले पनि छन् ।

विभिन्न विद्वान्हरूले आफ्नो आफ्नो अनुसन्धानमा यस स्थानबारे विशेष रूपले वर्णन गरेका छन् । पुरातìवविद् देवला मित्रा (जसले तिलौराकोटका साथै कुदानको पनि उत्खनन गरेकी थिइन्)को वर्णनअनुसार कुदानमा पुराताìिवक स्थलअन्तर्गत दक्षिणपट्टि २५.३१८.३ मिटरको आयताकारको ढिस्कोे रहेको थियो । दक्षिणपट्टि नै रहेको अर्को ढिस्कोमा शिखर शैलीको नागेश्वर मन्दिर थियो । ११.५८ मि.को परिधिमा अवस्थित यो मन्दिरको प्रवेशद्वार पश्चिमपट्टि थियो । गर्भगृहमा प्रतिस्थापित प्रस्तर शिवलिङ्ग मन्दिरभन्दा पुरानो देखिन्थ्यो । यस पुराताìिवक स्थलको अन्वेषण गर्ने क्रममा पुरातìवविद् बाबु पी.सी. मुखर्जीले चौथो ढिस्को इँटको खण्डहर भएको उल्लेख गरेका छन् । खड्ग शमशेरले अष्टकोणाकारको नागेश्वर मन्दिरको आसपासमा दुईवटा सङ्घाराम रहेको तथ्य उल्लेख गरेका छन् । यस्तै पुरातìवविद् भोष्टले पनि आफ्नो वर्णनमा कपिलवस्तु दरबारको दक्षिणपट्टि रहेको खण्डहरलाई बिरामी मानिसको स्मरणमा बनाएको उल्लेख गरेका छन् । नागेश्वर मन्दिरको उत्तर–पश्चिम र ठूलो ढिस्कोको दक्षिणपट्टिको समयमाई स्थानका रूपमा परिचित ढिस्कोबाट इँटसमेतका सामग्रीहरू विस्थापित गरिएकाले समाप्त हुने अवस्थामा रहेको पनि भोष्टले बताएका छन् । भोष्टले यसलाई बुद्धको स्कुलका रूपमा उल्लेख गरेका छन् । मित्राले उत्खनन गर्दा पनि यहाँ ठूलो वृक्षमुनि समयमाईको स्थान भएको उल्लेख गरेकी छन् । सन् १९६२ को उत्खननमा यसको अस्तित्व प्रायः अन्तिम अवस्थामा पुगेको बुझिन्छ ।

दोस्रो ढिस्कोको उत्तर–पूर्वमा अवस्थित तेस्रो तथा सबभन्दा ठूलो ढिस्को ४२.३६७× ३१.८०२ मि.को छ । यसको उत्तर र पूर्वपट्टि उत्खनित अवस्थाको खण्डमा फूलबुट्टा तथा कमलाकृतिका बुट्टाहरू कलाको उत्कृष्ट नमुनाका रूपमा रहेका छन् । यसको शीर्ष भागमा शिवलिङ्ग, अर्घा तथा टुटेका प्रस्तर मूर्तिका टुक्राहरू राखिएका छन् । मुखर्जीका अनुसार चारतिरको पर्खाल स्थानीय व्यक्तिले हटाएका र लोरी अहिर (लोरिकाइन लोकगाथाका नायक लोरीको वासस्थानका रूपमा पनि यस स्थानलाई चित्रित गरिएको पाइन्छ । यस स्थानलाई लोरिक कुदानका नामले जानिन्छ)लाई चढाएका माटाका हात्ती तथा घोडाका आकृतिहरू यहाँ रहेका थिए । यसलाई राणाले सङ्घारामका रूपमा र भोष्टले हुएन साङ्गका अनुसार हस्तिगर्तनजिक रहेका बुद्ध, यशोधरा तथा राहुलको सम्झनामा बनाइएका स्मारकका रूपमा उल्लेख गरेका छन् ।

ठूलो ढिस्कोको उत्तरपट्टि इनारसँग जोडिएको अवस्थामा देखिने चौथो ढिस्को २१.६४ × १३.४१ मि.को छ । त्रिरथ र पञ्चरथ शैलीमा बनाइएको यस ढिस्काका इँट लगी एउटा बाबाले झुपडी बनाएका थिए । भोष्टले हस्तीगर्त स्थलसँग तादात्म्यता गरेका छन् । देवला मित्राका अनुसार देवालय भनिन्छ । डा. फुहररले चिनियाँ यात्रीले उल्लेख गरेका तीनवटा बौद्ध स्मारकबारे कालान्तरमा बिर्संदा लोरी अहिरसँग सम्बद्ध गराइएको हुन सक्ने तथ्य उल्लेख गरेका छन् । स्मारक खण्डको उत्तरपट्टि एउटा ठूलो पोखरीसमेत छ ।
सन् १९६२ को उत्खननमा तेस्रो र चौथो ढिस्कोबाट देवला मित्राले दुईवटा मन्दिर, एउटा इनार, महिषासुरमर्दिनीको मूर्ति, कोइला, माटाका भाँडावर्तनका टुक्राहरू, शिवलिङ्ग, अर्घा, ललितासनको कार्तिकेयको मूति र भवन निर्माणक्रममा उपयोग गरिएका विभिन्न सामग्रीसमेत फेला परेको थियो ।

यो स्थल बौद्ध धर्मका अनुयायी तथा प्राचीन पुराताìिवक स्थलका रूपमा अत्यन्त महìवपूर्ण छन् । कुदान अर्थात् निग्रोधारामका रूपमा परिचित यस क्षेत्रमा शुङ्ग, कुसान तथा पाल कालखण्डमा निर्मित सबैभन्दा ठूलो ढिस्को अर्थात् तेस्रो ढिस्कोको इँटहरूमा वर्तमान समयका अवधी, नेवारी तथा मैथिल लोकसमाजमा पाइने लोकचित्रकलाका किनारीका रूपमा प्रयोग गरिने फूलबुट्टाहरूका साथै मुख्य आकृतिका रूपमा बनाइने विविध स्वरूपहरू कुँदिएका छन् । यीमध्ये शङ्ख, वज्र, माछा, नाग, मङ्गलद्वार, मङ्गलकारी वृक्ष आदि प्रमुख छन् । यी लोकचित्रहरूको नेवारी तथा मैथिल समाजमा अन्य किसिमले समेत महìव छ तर अवधी लोकसमाजका व्रत, पर्व तथा संस्कारहरूमा यीमध्येका केहीलाई विशेष महìवका साथ चित्रित गरिएको पाइन्छ ।
सर्प – सर्पलाई लोकजीवनका देवताका रूपमा चित्रित गर्दै अवधी लोकचित्रहरूमा स्थान प्रदान गरिएको देखिन्छ । नागपञ्चमीका दिन बनाइने हरेक चित्रहरूमा नागलाई विशेष स्थान प्रदान गरिएको हुन्छ । यसै प्रकार शिवको घाँटीमा विराजमान हुने गरी सर्पलाई चित्रित गर्नुका साथै गुप्त वैभवको संरक्षकका रूपमा पनि यस समाजका लोकचित्रहरूमा स्थान प्रदान गरिएको छ । यस समाजका चित्रहरूमा चित्रित गरिने नागपाश सांसारिक मोहको प्रतीकका रूपमा देखिन्छ ।

माछा (मीन) – अवधी लोकसमाजका ढोका, भित्ता, ढुङ्गाबाट बनेका सामग्री, गाग्री आदिमा माछा तथा मत्स्य कन्याको चित्र विशेष रूपमा पाइन्छ । माछालाई अवधी समाजमा धनधान्य, सुख, सौभाग्य, सम्पन्नता आदिको प्रतीक मानिन्छ । यसलाई कामदेवसित पनि जोडेर चित्रित गरिन्छ ।
स्वास्तिक – अवधी लोकचित्रहरूमा पाइने स्वस्तिक सूर्यसित सम्बन्धित छ । सूर्य स्वास्तिकको मध्य भाग हो । यो मानिस तथा विश्वको सर्वोत्तम माङ्गलिक चिह्न पनि हो । स्वस्तिकका चार भुजा अभयदान दिँदै गरेका भगवान् विष्णुका चार भुजाका प्रतीक हुन् । यसमा रहेको बीचको बिन्दु सृष्टि द्योतक हो । यसका तेर्सा तथा सीधा रेखाहरू महिला तथा पुरुषका प्रतीक हुन् । जसको संयोगले सृष्टिको चक्र चलिरहेको हुन्छ । एउटा मिथकका अनुसार यसलाई ब्रह्मा, विष्णु, महेश र गणेशको मिश्रित रूपका रूपमा पनि मानिन्छ ।
वैदिक धर्मका अनुसार चार दिशा र यसका देवताहरू (अग्नि, इन्द्र, वरुण र सोम)को प्रतीक हो । लोकधर्ममा चारवटै दिशाका देवताहरू लोकपालका रूपमा पनि पुजिन्छन् । यसै प्रकार स्वस्तिकका चार रेखाहरूको तुलना चार पुरुषार्थ, चार वर्ग, चार लोक, चार आश्रम, चार वेद तथा चार देवसित गरिएको छ । केही विद्वान्हरूका अनुसार यदि स्वस्तिक सङ्कुचित हुँदै जाने हो भने यसको अन्तिम स्वरूप बिन्दुका रूपमा परिणित हुन्छ, यही नै सृष्टि हो, जीवन हो, संसार हो ।

स्वस्तिकका स्म्बन्धमा एउटा अर्को मिथक पनि पाइन्छ । जसअनुसार सम्राट् अशोकको समयमा ‘क’ अक्षरको आकार + थियो । जसको अर्थ थियो ब्रह्मा । यसका साथै यसलाई सुखका रूपमा पनि जानिन्थ्यो ।
नेपाली लोकचित्रकलाको प्राचीनता स्थापित गर्नमा कुदानका लोकचित्रहरूले विशेष भूमिका निर्वाह गरेका छन् । अवधी तथा नेपालका अन्य समाजमा पाइने लोकचित्रकलाहरूमा किनारीका रूपमा प्रयोग गरिने पूmलबुट्टाहरूसहितका महìवपूर्ण लोकचित्रहरू यहाँ पाइन्छन् । हाल यो स्थल खुला आकाशमुनि रहेकाले यस ढिस्कोहरूमा चित्रित लोकचित्रकलामा लेउ, ढुसी आदि लागेर तथा धुलो, माटो, चिस्यान र वर्षाका पानीका कारणले निरन्तर रूपमा क्षय हुँदै गएका छन् ।

हाम्रो देशमा पाइने लोककलाहरूको संरक्षण तथा सम्वद्र्धनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलगायत सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरू सक्रिय छन् । लोकचित्रकलाको ऐतिहासिकता स्थापित गर्न सक्ने अहिलेसम्मको एक मात्र स्थलको संरक्षण तथा सम्बद्र्धनमा यी संस्थाहरूको ध्यान पुगेको छैन । लुम्बिनी विकास कोष र पुरातìव विभागले पनि यस स्थललाई संरक्षण तथा सम्वद्र्धनमा ध्यान नदिनु चिन्ताको विषय हो ।
लोकचित्रकलाको पहिचान, ऐतिहासिकता तथा प्राचीनतालाई प्रमाणित गर्न यसलाई बचाइराख्नुपर्छ । यही स्थलले यसमा योगदान दिन सक्छ । प्राचीन स्थलका रूपमा समेत यी कलाकृतिहरूको पहिचान स्थापित गर्नुपर्छ । यसको संरक्षण तथा सम्वद्र्धनमा सरकार तथा सरोकारी सबैको ध्यान जानुपर्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?