logo
२०८१ मंसिर ८ शनिवार



गजल

शनिवार |


गजल


पूजा आराधना

तिमी प्राप्ति मेरो म त साधना हुँ
म पूजा हुँ तिम्रो म आराधना हुँ ।

नठान्नू नि कमजोर नारी भनेर
पुरुषत्व गाल्ने म वीराङ्गना हुँ ।

सधैँ गर्व गर्ने तिमी देश मेरो
त्यही देश हाँक्ने म सम्भावना हुँ ।

तिमी काव्य हौ रे सबैले पढेको
म आफैँ पनि त्यो समालोचना हुँ ।

नखोल्दै अधर ती बुझे बात मनको
म अव्यक्त तिम्रो मीठो चाहना हुँ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?