तेजेश्वरबाबु ग्वंगः
नेपाल राष्ट्रका आमनेपाली नागरिक विश्वभरि जहाँसुकै रहेकाले पनि उत्तिकै महìवका साथ मनाइरहेको चाडपर्व विजया दशैँ । विजया दशैँका महिमा नितान्त महान् १ यसको महिमाका आधारशीला बहुआयामिक छन् । प्रकृति, पर्यावरण, मौसमी वातावरण विशेष कोटीमा पर्छ । घनघोर वर्षाले मच्चाएको ताण्डव नृत्य समापन भइसकेको छ । चकमन्न नभक्षेत्रहरू चम्कन थालेका छन् । प्रफुल्ल प्रफुल्ल मनोभाव पर्यावरणकै प्रतिछायाँ ।
‘‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा
भवानीको भयो पूजा, चल्यो आनन्दकोे वर्षा ।’’
कवि शिरोमणि लेखनाथ पौड्यालका यस कविताका भावधारामा प्रकृति, पर्यावरणकै छायाङ्कन छ । छायाङ्कन शब्द चित्र बनेर झझल्किन्छ । प्रफुल्ल मनोबेगले सामान्य चिन्ताहरण गर्छ पक्कै । विजया दशैँका उद्वेग यस्तै । सङ्घीय सदरमुकामदेखि प्रदेश, जिल्ला, नगर, गाउँ, वडा–वडा सम्मै विजया दशैँको उमङ्गले उन्मत्त रहेका छन् । हामी सबै नेपाली मनमष्तिस्कैदेखि एकजुट भएर हिंसा मुक्त विजया दशैँको शुभकामना अर्पौैं । हिंसामुक्तिको अर्थ बलि नदिनुमै मात्र परिमित हुन्न । कसैलाई हानि–नोक्सानी नपु¥याउनु, चोरीचकारी नगर्नु, चित्त नदुःखाउनु कसैको नि । बगलीमार्ने जस्ता छद्मभेदी अकर्तव्य नगरौँ १ २०७८ सालको विजया दशमीको पावन शुभकामना १ सदाबहार बनून् ।
बजार गर्न जानु अगाडि नै होस पु¥याइ झ्याल, ढोकाहरू बन्द गर्ने अग्रिम चेत राख्नु १ बसयात्रा गर्दा बगलिमारादेखि चनाखो रहनु १ ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ आदिम उक्ति हाम्रो १ शक्ति आयामिक अर्थबाहक छन् १ शुभकामना विजया दशमीको १ राजधानी उपत्यकामा त तन, मन, धन हुनेले विजया दशैँ मस्त मस्तै मनाउँछौँ । बाहिरिफेराका नेपाली बन्धुजनले कष्ट साध्य मनाउँछन् १ पारिवारिक मिलन सुखद विजया दशैँ पर्व १ शिरमा धवलागिरि पालेका तन्नेरी म १ धवल सेतो सेताम्य १ गिरी पहाडी चुचुरो । हिउँ कुम्ल्याउँदो चुचुरो १ साङ्केतिक शैली
यस्तै १ बुढ्यौलीले मन मर्दैन । दुर्र्बल धारणाले मन मर्छ । ज्येष्ठ नागरिक बन्धुहरूमा साधुवाद विजया दशैँ
२०७८ को १
दुर्गा भवानीलाई जोसुकैले नि माताकै धारणाले पुकार्छन् । दुर्गा÷नितान्त गुह्यवर्ति÷गोपनीय अङ्ग रहेकाले गुह्येश्वरी माता भनिएका हुन् । बागमती नदीको तिरमा रहेको दुर्गा भगवतीका स्वरूप मूर्तमान छ । परन्तु गुह्येश्वरी पीठ रहस्यमय लाग्छ । पीठ आधारभूमि संंस्कृत वाङ्मयमा । शिरदेखि पिठ्यूँको पुछारसम्मको मूलधार चक्र । दुर्गा निवासिनी दुर्गाभवानी, गुह्यअङ्ग स्वरुपिनी गुह्येश्वरी । रहस्यमयी माता स्वरुपिनी । भनूँ भनूँ लाग्छ छर्लङ्ग देखिने भएर अझै अर्थमयी अनि बोध । मूर्तताभित्रको अमूर्त आख्यान । एक दिन रमेश विकल र म गुह्येश्वरी पीठ पुग्यौँ । गुह्येश्वरी पीठ ढोकाको मचानबाटै गुह्य विश्लेषण गर्दै गर्यौं । मनमनै गन्न थालेँ । त्यो कलश एक प्रतीक । गुह्येश्वरीकै गुप्ताङ्गकै । त्यस कलश दुलोको पीँध अथाह । नेवार समुदाय उसिनेर तारेको सिङ्गो फुलका दानाको लख चढाउँछन् । अनकण्टार दुलोभित्र लख चढाएको अण्डा लोपिन्छन् । आकलझुकल भाग्यमानीको भूतै कमारो भनेझैँ एकुन्ता तैरिए शौभाग्य बन्छन् । भेट्टाउनेले छोरै पाउने भविष्यवाणी १ शुभलाभ साइत १ गुह्येश्वरी कलशका जलसिञ्चन, आच्मन् प्रतीकात्मक बन्छ । विश्लेषण योग्य । दूबो सिउरिन्छ । त्यही नि प्रतीक बन्छ । गुह्येश्वरी माइको कलश माथितिर नारी पेट आकार सुनौलो डल्लो राखिएको थियो । अहिले त्यसलाई विस्थापन गरिएको छ ।
‘अर्थ न बर्थ गोविन्द गाई’ मान्त्रिक अनि तान्त्रिक विधिको अर्थबोध विनाको साधना यता न उता १ यसरी मनलागी स्थानान्तरण पूर्व विज्ञ संस्कृतिकर्मीहरूमध्ये केहीसित सल्लाह लिनु सर्वोत्कृष्ट हुन्थ्यो ।
दुर्गा पूजा महोत्सव नारी पूजन महोत्सव।।। १ दुर्गा भवानीको पूजा आराधना नारी महिमा गानमै केन्द्रित छ । सृष्टि–सिर्जना–लालनपालन मातृकोषकै महिमा १ परिस्थिति बस कुनै खलनायकबाट अतिक्रमण वा बलात्कार हुने अवस्थामा प्रतिकार र बधसम्मै गर्नसक्ने क्षमता नारी महिमा।।। १ विजया दशैँ यसकै महिमापूर्ण पर्व बनेको छ । मल्लकालीन नेपाल मण्डल भूभागमा यसकै महिमामय गान, पूजन बनेको परम्परा अद्यावधिक रहेको नेपाली गौरवगाथा रहे बनेको छ । पृथ्वीनारायण शाहको दिग्विजय पछि १८२६ मा गोरखाबाट फूलपाती भित्र्याउने संस्कृति थपिएको निरन्तर छ । राष्ट्र सेवामा छँदा जमलदेखि कमलाक्षी, असन, बालकुमारी, इन्द्रचोक, मखन, हनुमान ढोकासम्मै पुगेको मिठो सम्झना ताजा लाग्छ १ घटस्थापनादेखि दशमीको टीका विशेष महिमामय पर्व नै भयो १ मान्यवरबाट टीका ग्रहण गर्नु हिमाली देश–नेपालको गाथा बनेको छ ।
राजधानी उपत्यका तीनै जिल्ला भक्तपुर, ललितपुर र कान्तिपुर साथै नेपालभरि नै आ–आफ्ना स्थानीय प्राकृतिक, सामाजिक, सांस्कृतिक परिवेश अनुरूप देवी–देवताका पीठ–पीठमा प्रभातफेरी लगाउने नेपाली परम्परा छ । विविधताबीचको सामञ्जस्यमूलक पर्व रहेको छ यो चाड महोत्सव १ विजया महोत्सवको देवी भगवतीलाई हामी जगदम्बे माता भवानी भनी पुकार्दै आएका हौँ । यद्यपि भगवती माताका पीठलाई आठै दिशा–पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, नैऋत्य, वायव्य, आग्नेय कोणमा प्रतिष्ठापन गरिएका छन् । मङ्गल गान र भजनकीर्तन साथ आस्थावान समूहहरू शक्तिपीठ परिभ्रमण गर्छन् । यिनै आस्थामूलक क्रियाकलाप पुख्र्यौली सांस्कृतिक परम्परा रहिआएका छन् । मानव समुदायबीचको नैरन्तर्य सांस्कृतिक सम्पदा हुन् १
नेपाल राष्ट्रको सातै प्रदेश, महानगर, उपमहानगर, नगर, गाउँ, वडासम्मै सरकार फैलिएका छन् । गणतान्त्रिक लोकतन्त्रात्मक समाजवादी पद्धतिका संवैधानिक प्रतिफल रहेको छ । स्थानीय प्राकृतिक, भौगोलिक, मौसमी वातावरण, सामाजिक, आर्थिक, सांस्कृतिक, यथार्थ र मानवीय चिन्तन चेतले यसमा अर्थपूर्ण भूमिका खेलेको हुन्छ । एकै पद्धतिभित्र अनेक प्रकरण विद्यमान हुनुको चुरो बन्छ, बनेको छ । एक पटक फेरि भनूँ – विजया शुभकामना विश्व वान्धव जनमा।।।११