logo
२०८१ मंसिर ८ शनिवार



गजल

शनिवार |


गजल


शर्मिला तिमल्सिना


धोका दिँदै प्रेममा छुट्ने फेरि वाचा नहोस्
बिर्सेर माया मेरो झन् सम्बन्ध टाढा नहोस्

व्यर्थै रिसाएर कहिल्यै टाढा नबन्नू प्रिया
झुटो देखाएर माया बेकार धोका नहोस्

दिलभित्र राख्दै छु मेरो माया सजाई सधैँ
घुर्की लगाएर नाता तोड्ने बहाना नहोस्

मुस्कान तिम्रो छ राम्रो हेराइ सुन्दर अझै
दुनियाँ हँसाएर हाम्रो माया तमासा नहोस्

तिम्रो हृदयभित्र मैले डेरा जमाएँ प्रिया
सम्बन्ध केवल दुई दिनको मात्र नाता नहोस् 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?