ललिता ‘दोषी’
झरी पर्छ आँखाहरूमा
उदाउँदैन जून
फर्कन्छु भन्थ्यौ प्रियतम
तिमी फर्केनौ किन ?
झरी पर्छ .......
आँधीहुरीमा रुमल्लिँदै
बित्छ जीवनका हरेकपल
झुपडीभित्र अभाव छ
छैन कसैको भर
झरी पर्छ.......
खुसीले उफ्रिँदा अरू
रुन्छ साने घरीघरी
पाइनँ देख्नै हाँसो
उसको अधरभरि
झरी पर्छ .......
अगाडि खालो छ प्रिय
पछाडि छ भड्खालो
तिमीविना ज्यून मलाई
अति नै भयो गाह्रो
झरी पर्छ.......