विमलेन्द्र मिश्र
“अइया......” खाना खाँदै गरेकी सपना एक्कासि कराइन् । “के भो ?”, घरका परिवार जम्मा भए । सपना वाक्–वाक् गर्न थालिन् । मुुखभित्र हातका औँला हालिन् तर उनको घाँटीको दुखाइ कम भएन । बरु मुुखबाट रगत आउन थाल्यो । उनलाई तुरुन्त अस्पताल लगियो । आकस्मिक कक्षका डाक्टरहरूले जाँचपडताल सुरु गर्न थाले ।
अहो ! मानव शरीर जुुन बखत जे पनि हुनसक्छ । मत्र्यलोकमा जन्मिएका हामी जतिखेर पनि मर्न सक्छौँ । म बलियो छुु, मलाई रोग छैन, म तुुरुन्तै मर्दिनँ भनेर कसैले पनि घमण्ड नगरे हुुन्छ । ठेस लागेर त मानिस मर्छ । अहिले देखको मानिस एकैछिनपछि संसारबाट बिदा लिनसक्छ । संसार भूलभुुलैया त हो नि । कति मानिस रिसराग गर्छन् । अरूलाई दुुःख दिन्छन् । कुुकर्म गर्छन् । अनैतिक काम गर्छन् । अर्काको खोसेर खान्छन् । मान्छेको स्वभाव विचित्रको । फेरि आफूले आफैँलाई राम्रो ठान्छन् । यस्ता मानिसहरू घर, कार्यालय, सङ्घसंस्था जताततै भटिन्छन् ।
सपनालाई अस्पतालको शøयामा सुुताइएको छ । एक्सरे, मुुटुुको चाल, रगत जाँच गरियो । इन्डोस्कोपी गर्दा घाँटीमा खाना अड्किएको (डाक्टरी भाषामा ‘फरेन बडी’) देखियो । सपनालाई घाँटीको अपरेसन गर्नुपर्ने भयो । “अपरेसन !” शब्दले परिवारका मानिस आत्तिए, डराए ।
पहिलो दिन जाँचपडतालमै बित्यो । दोस्रो दिन अपरेसन हुुन्छ भनेर पानी पनि पिउन नदिई बिरामीलाई भोकभोकै राखियो । बिहानदेखि भोकै राखिएको बिरामीलाई रातको दस बजिसकेपछि अपरेसन नहुुने भयो भन्ने खबर आयो । किन नहुुने भो भनेर बुुझ्दा त आन्द्रा फुुटेको पुुरुष र घाँटीमा हाड अड्किएकी महिलाको आकस्मिक अपरेसन गर्नुुपर्ने भएकोले स्थगित गरिएको भनियो । मानिस कति असुुरक्षित छ त, आन्द्रा फुुट्न सक्छ, मासुु खाँदा हाड अड्किएर मर्न सक्छ ।
सपनाको व्यथा भने कम भएन । पीडाको समय बित्न गाह्रो हुुने नै भयो । सपना शाकाहारी थिइन् । मासुुको हाड अड्किएको पनि हैन । तारेको क्वाँटी खाँदा पनि यस्तो ! अचम्म ।
डाक्टर विभिन्न किसिमका थिए । कोही मानवीय संवेदना बुुझ्थे, ढाडस दिन्थे, आत्तिनु पर्दैन भन्थे । दस–पन्ध्र मिनेटको काम हो भन्थे । कुुनै डाक्टर तर्साउँथे । हामी फलामको रड पठाएर निकाल्छौँ । रडले खाना जाने नली च्यातिन सक्छ । बिरामी मर्न पनि सक्छ भन्थे । तर्साउने डाक्टर पनि हुुँदारहेछन् । उनीहरूलाई डाक्टरी पढाउँदा बिरामी र बिरामीका परिवार तर्साउनु भनेर पढाइएको हँुुदैन होला ।
सपनालाई अस्पताल ल्याइएको तेस्रो दिन पनि भयो । बिहान आठ बजे उनलाई अपरेसन थिएटरमा लगियो । बाहिर परिवार कुुरेर बसिरहे । प्रतीक्षाको घडी कठिन थियो । अपरेसनमा पूरा बेहोस बनाउन पर्ने थियो । बेहोसको बेहोसमै मानिस बित्न पनि सक्थ्यो । परिवारजन अपरेसन कक्षको बाहिरपट्टि कोठामा थिए । औषधि र सामानहरू मगाइन्थ्यो । बिरामीका परिवार दौडादौड गरेर ल्याउँथे । आठ बजे अपरेसन गर्न लगेको बिरामीको खबरको अत्तोपत्तो थिएन । एघार बजिसक्यो, होस फर्कन नसकेर हो कि, किन हो बिरामी ल्याइएको थिएन । बिरामीका परिवार चिन्तित थिए ।
अपरेसन थिएटरबाट जो आए पनि बिरामीका परिवार जुुरुक्क उठ्थे । कोही केही भन्न आयो कि भनेर । धेरैबेरको पर्खाइपछि अपरेसन थिएटरबाट एक नर्स आइन् । उनी भन्न थालिन्, “आज अपरेसन नहुुने भयो । थाइराइडको जाँच पछि मात्र अपरेसन गर्नुुपर्छ । नत्र बिरामी बेहोसमै जान सक्छ ।”
विडम्बना अपरेसन गर्न ठिक पारेको बिरामीलाई फेरि क्याबिनमा ल्याइयो । बिरामीको दुुःखाइ जस्ताको तस्तै थियो । परिवारजन आक्रोस थिए । तीन दिनसम्म किन थाइराइडको जाँच गरिएन । उनीहरूको गुुनासो यसैमा थियो । यो त लापरबाहीको हद भयो तर जे भए पनि परिवारजन मुुर्ख थिएनन् । डाक्टरलाई केही भन्ने आक्रमण गर्ने पक्षमा उनीहरू थिएनन् । यस्ता डाक्टरका लापरबाहीले बिरामीको मृत्युु पनि हुन सक्थ्यो । आखिरमा भन्ने हो भने, बिरामीलाई बचाउने पनि त डाक्टरै हुुन् । उनीहरूले आफ्नो आवेसलाई नियन्त्रण गरे । एक आफन्त डाक्टरसँग झगडा गर्न तम्सिए तर यो समस्याको समाधान थिएन । यसले देशको कानुनको उल्लङ्घन हुुने मात्र थियो । सजायको भागीदार मात्र भइन्थ्यो । स्वाथ्य ऐनअनुसार त डाक्टरलाई गालीगलौजा गर्ने, कुुटपिट गर्नेलाई दुुईदेखि पाँच वर्षसम्म कैद र दुुईदेखि पाँच लाख रुपियाँसम्म जरिवानासम्म हुुनसक्थ्यो । बिरामीका परिवार धर्यधारण गरी बिरामीको थाइराइडको जाँचका लागि फेरि पर्खिएर बसे ।
अस्पताल भर्ना भएको चौथो दिन पनि भयो । सपनाको घाँटीको दुुःखाइ बीसको उन्नाइस भएन । तीन दिनदेखि अविरल वर्षा भइरहेथ्यो । मन र मौसम दुुवै राम्रो थिएन । दिन बोझिलो नरमाइलो थियो । अस्पतालभरि बिरामीको आइया, आत्थुको रोदन क्रन्दन सुुनिन्थ्यो । आफ्नो मान्छेको परलोकले कतै रुवावासी थियो । चौबीसै घण्टा मानिस हतारमा हिँडेका देखिन्थे । परिवारको मनमा अनेक नराम्रा तर्कना आउँथ्यो । अब सबै मेडिकल रिपोर्ट आइसकेको थियो । बिहानैदेखि बिरामीलाई पानी पनि दिइएको थिएन । आज अपरेसन हुन्छ भन्ने आस्वासन आएको थियो ।
दिन घडकिन लागिसकेको थियो तर अपरेसन गर्ने अत्तोपत्तो थिएन । क्याबिनमा बिरामी र बिरामीका कुुरुवा बसिरहेका थिए । ठिक त्यही बखत एक डाक्टर एउटा सानो पुुर्जा लिएर क्याबिनभित्र पसे र भने, “यो औषधि ल्याउनुुस् र एक गिलास पानीमा हालेर कुुल्ला गराउनुहोस् । यसको एक घण्टापछि हामी बिरामी लिन आउँछौँ ।” परिवारले डाक्टरले भनेझैँ गरे । एक घण्टा बित्यो, दुुई घण्टा बित्यो, तर चरोमुुसो कोही पनि आएन । कुुरेर बस्नुभन्दा अर्को केही उपाय पनि थिएन ।
धेरैबेरपछि एउटी नर्स आइन् र बिरामीलाई अर्को कोठामा लगिन् । कोठा ठूलो थियो । कोठाभरि बिजुुली बत्ती बालिएको थियो । डाक्टरहरू लहरै बसेका थिए । सौम्य, दिग्गज देखिन्थे । बिरामीलाई मेचमा बस्न भनियो । नजिकै एउटा ठूलो मनिटर थियो । बिरामीलाई अपरेसन विना नै घाँटीमा अड्किएको खाना निकाल्न कोसिस गर्छौं भनेर एक डाक्टरले भने ।
सपनाको नाकबाट एउटा पाइप छिराउन थालियो । मनिटरमा उनको घाँटी, घाँटीको प्वाल प्रष्ट देखिन्थ्यो । डाक्टर एकैछिन सहनुुस् है भन्न थाले । सपनाको आँखाबाट बर्रर आँसुु झर्न थाले । डाक्टर थुुक निल्नुुस् भन्न थाले । सपना थुुक निल्न थालिन् । गुडगुुड फेरि निल्नुुस् डाक्टर भन्दै थिए । घाँटीमा अड्किएका खानाका टुुक्रा प्रष्ट निस्किएको मनिटरमा देखिँदै थियो । अब यसलाई पेटमा पुु¥याइ दिन्छुु भन्दै त्यो नाकबाट छिराएको पाइपलाई अझ पर पठाएर अड्किएको खानालाई पेटमा पुु¥याइदिए । अनि पठाएको पाइप सर्रर बाहिर निकाले । सपनालाई बेहोस बनाएर अपरेसन गर्न नपर्ने भयो । डाक्टरले मुुस्कुुराउँदै भने, अब मज्जाले खाने अनि घर जाने । अन्तमा सपनालाई भाग्यले साथ दियो । उनी दक्ष डाक्टरको हातमा परिन् र ठूलो जोखिमबाट बचिन् । झ्यालबाट एक झुल्को घाम छिरेको थियो । त्यही प्रकाशमा सपनाको श्रीमान्को आँखामा झर्न नसकेको खुसीको आँसु टलपल प्रष्ट देखिन्थ्यो ।