आकाश अधिकारी
वातावरण धमिलो छ तुवाँलोले हो कि ?
बगैँचामा फूलको थुँगा किन होला रो’की ?
बिहानीको क्षितिजमा देखिँदैन लाली !
वसन्तमा झुल्नु पर्ने ऐँसेलुको डाली !
कोइलीले गीत गाउँछे बिरहले हो कि ?
न्याउली चरी कठै बरा किन होला रो’की?
वनजङ्गल उराठ भयो डढेलोले गर्दा !
मानवता हेरिरह्यो लाखौँ प्राणी मर्दा !
धाँजा फाट्यो खेतबारी खडेरीले हो कि ?
टुसाएको कलिलो पात किन होला रो’की?