आर. आर. चौलागाईं
ऊ हुुरी भएर आउँछ
अनि हुुरी भएरै जान्छ ।
ऊ आउँदै गर्दा
ऊ आउने बाटोमा
उसको वेग थाम्न नसकेर
कैयौँ बिरुवाहरू घर्लप्प ढल्छन्
चराहरू छन् भने भाग्छन्
नदी बग्नबाट टक्क अडिन्छ
झरना झर्नबाट एक्कासि रोकिन्छ
घामको तेज मलिन हुुन्छ
मौसम पनि धूूलोले कुुइरी मण्डल हुुन्छ
मान्छेहरू तितर बितर हुन्छन्
एउटा अर्कै परिवेशको सुरुवात हुन्छ ।
हुरी न हो ऊ कोहीसँग डराउँदैन
अरू ऊसँग आत्तिएका छन् कि छैनन्
उसलाई कुुनै मतलव छैन
दिन होस् वा रात होस्
उसलाई कुुनै परवाह छैन
उसलाई बस आफूू हुुइँकिन पाए पुुग्छ
चट्याङ पनि उसको नजिक पर्दैन
भूूकम्पले पनि उसलाई छुुँदैन
उसको अगाडि बाघ पनि नतमस्तक हुुन्छ
स्यालहरू पनि कराउन छोड्छन्
धन्न मैले अहिलेसम्म उसलाई सहेको छुु ।
मान्छेहरू पनि कोहीकोही
हुुरीजस्तै हुुँदा रहेछन् ।