कुसुम लता सिंह
मन मुसाफिर बाटो हजार
मन्दिर, मस्जिद मन बहकिने भट्टी हजार
भट्किन्छु पाप पवित्र कुञ्ज बारम्बार
अमृत पिउने मर्छन्, मन्द विष पिउँछु बारम्बार ।
घुम्ती–घुम्ती अलमल, बदलिन्छ हरेक पल
सृष्टि आकार
सहयात्री थरीथरी रसरङ्ग मन्थन
अनेक प्रकार
भीडमा एक्लो मान्छे, मान्छे मान्छे मान्छे हजार
मन मुसाफिर बाटो हजार ।
दुःख–हुरीले सुन्दर टापु, सुख–रापले पु¥याउँछ मशान घाट
अहङ्कारको उँट चढ्छ प्रायश्चित पहाड
स्वर्ग जान छिर्छन् नर्कको द्वार
यात्रा हो यो अनन्त अपार
मन मुसाफिर बाटो हजार ।