logo
२०८१ मंसिर ८ शनिवार



तिम्रो दुःख मलाई दुख्छ (कविता)

शनिवार |


तिम्रो दुःख मलाई दुख्छ (कविता)


डा. केदार न्यौपाने

घाम पानी माटो छली मुटुभित्र पलाई
तिम्रो दुःख किन दुख्छ यति धेरै मलाई
हेर्दा कुनै चोट छैन देखिँदैन घाउ
अन्तरमा कहाँ होला दुःख बस्ने ठाउँ ।

मुटुभित्रै हो कि माया कलेजीको छेउ
कता दुख्यो किन दुख्यो पाइएन भेउ
आपैmँभित्र नभेटेर खोज्न कहाँ जाने
किन यस्तो हुन्छ सधैँ सम्झी मुटु खाने ।

पहराको प्रतिध्वनि घन्के पनि गाढा
बतासले लाँदैनथ्यो ढेपी टाढा टाढा
वैद्य झाँक्री डाक्टर वा विज्ञानले मेसो
पाएभन्दा टाढा रै’छ भन्ने सुझ बस्यो ।

कुनै सूत्र नभए नि संवेदना भाव
विस्तार भै खुल्ने रै’छ हृदयको राग
सपना त सपनै भो विपनामा पनि
तिम्रो दुःख मलाई दुख्छ आफ्नै बनी बनी । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?