नवराज न्यौपाने ‘मौन’
उचाल्न खोज्छु देश यो, विदेशमा रह्यौ तिमी
विरक्त लाग्छ जिन्दगी, कथा भुली गयौ तिमी ।
भएन देश चम्किलो, रहेन आत्मनिर्भर
युवा जमात रित्तिए, पराइको भयौ तिमी ।
हिमाल हास्छ गर्वले, लुकाउँदै व्यथाहरू
अनन्त भाव उर्लियो, वृथा सबै सह्यौ तिमी ।
रहेन धर्म नाममा, रहेछ मात्र दाममा
सहेर चोट मर्मले, नदीसरी बह्यौ तिमी
रहेछ प्रेम गर्विलो, गएछ बैँस उर्वर
र फर्क भन्छ गेहले, कथाहरू कैयाँै तिमी