logo
२०८२ जेष्ठ २६ आईतवार



लुप्त अहं (कविता)

शनिवार |


लुप्त अहं (कविता)


कणाद महर्षि

चिनेका सबैले बिर्सिएपछि
नचिनेकाहरू हुलका हुल
भीड गर्दै चिनिन आए,
आफन्त हुन लस्कर लागे

तर आफूले केही गर्नै परेन
नजिक, अझ नजिक हुन
उनीहरू माझ आ–आफैँमा
विवाद, मतभेद हुन थाल्यो,
बाझ्न थाले
कचिङ्गल बढ्यो, हानथापमा उत्रिए
तनावको भुँवरी
यस्तरी चक्करायो कि
धान्न, थेग्नै सकेनन्
र क्रमशः
स्वयं एक अर्काबाट किनारा लागेर
छिन्नभिन्न, लोप हुँदै गए
यसरी फेरि
चिनिन आएकाहरू
बिर्सिंदै गए, नचिनिने भए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?