शान्ति सापकोटा
हिँड्दै थिएँ दोबाटोमा आफूभित्रै हराएर
एउटा आई दियो ठक्कर गयो घाइते गराएर
बल्झिएर दुख्छ घाउ निको हुने छाँटै छैन
उसलाई भनूँ भनूँ हुन्छ तर भन्ने आँटै छैन
गई हात समाऊँ भन्छ कैले यो मन डराएर
एउटा आई दियो ठक्कर गयो घाइते गराएर
छट्पटीले दिन ढल्छ छाती हुन्छ आगोसरि
आकासमा बादल लाग्दा आँखाभित्र पर्छ झरी
उसको मन त्यस्तै हो कि मैले मन पराएर
एउटा आई दियो ठक्कर गयो घाइते गराएर ।