पवन आलोक
यात्रामा छु
हजारौँ रहरहरू बोकेर
हजारौँ सपनाहरू सँगालेर
लामो बाटो हिँड्दै आएँ
कैयौँ रहरहरू तुहिएर गए
कैयौँ सपनाहरू चुँडिएर गए
न उमेरको लेखाजोखा
न सपनाको हिसाब किताब
अर्बौं मान्छेहरूको भीडमा
गन्तव्य सम्म पुग्न
हिँडिरहेछु एक्लै
जीवनका रङ््गीन धुनहरू चुँडिएर
धरतीमा छ्यालब्याल हुनुको पीडा
मेरो मनको आकाश फाटेर
दुर्घटनाग्रस्त हुनुको पीडा सहेर पनि
बुलन्द हौसला र चट्टानी दृढताका साथ
एउटा फरक यात्रामा
हिँडिरहेछु निरन्तर
गन्तव्यमा कसो नपुगिएला ?