logo
२०८० चैत्र १५ बिहीवार



किन आज (कविता)

शनिवार |


किन आज (कविता)


पुष्पा खनाल

किन आज तिमी मलाई परी परी लाग्छ
हेरिरहूँ तिमीलाई नै घरि घरि लाग्छ ।

खुलेपछि सप्तरङ्गी केशराशि तिम्रा
सातै रङमा सजिएकी चरी चरी लाग्छ ।

बत्तीस लक्षण सुसज्जित अनि नील नयन
निर्मल निश्चल आकाशगङ्गा सरी सरी लाग्छ ।

जब हाँस्छ्यौ मिलेका ती दन्तैलहर खोली
मेरो आँगन इन्द्रजीको स्वर्गसरी लाग्छ ।

पिइरहूँ यी नयनले तिम्रो रूपको जादू
नजरबाटै गरिरहूँ मनपरि लाग्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?