सुकृत नेपाल
औषधिले मानिसको रोग निको पार्छ र उसलाई स्वस्थ बनाउँछ तर यही औषधिले बिरामी बनाउन थाल्यो भने के गर्ने ? यही प्रश्नमा उब्जिएको छ चलचित्र ‘ह्युमन’ । चलचित्रमा अस्पतालभित्र मानिसलाई थाहै नदिई वा भनौँ षड्यन्त्र गरेर मानिसलाई रोगी बनाउने खेल भइरहेको हुन्छ । यो खेलमा समाजका प्रभावशाली तथा सम्मानित भनिएका व्यक्तिको लोभ र महत्त्वाकाङ्क्षा जोडिएको हुन्छ ।
चलचित्र ‘ह्युमन’ औषधि परीक्षणमा चकित पार्ने कथा हो । लागूपदार्थको परीक्षणको सामाजिक तथा आर्थिक पक्ष र पात्रको यात्रामा केही अचम्मित पार्ने खुलासा र तथ्यसहित चलचित्रको कथा अगाडि बढ्छ । विपुल अमरुलाल शाह र मोजाज सिंहद्वारा निर्देशित मानवीय जनराको थ्रिलर हो, यो चलचित्र ।
भोपाल, मध्य प्रदेशको ऐतिहासिक सहर हो । चलचित्रको कथा यही भोपाल बस्नेहरूबाट सुरु हुन्छ । चलचित्रको कथा तीन मुख्य पात्रको वरिपरि घुमेको छ । डा. गौरीनाथ (सेफाली शाह) जो एक प्रसिद्ध न्युरोसर्जन र सहरको सबैभन्दा ठूलो अस्पताल मन्थनको प्रमुख हुन् । अर्को पात्र डा. साइरा सभरवाल (कीर्ति कुल्हारी), जो एक हृदयरोग विशेषज्ञ हुन् । गौरीनाथले नै साइरालाई अस्पताल मन्थनमा काम दिएकी हुन् । साइरा गौरीको व्यक्तित्वबाट धेरै प्रभावित हुन्छिन् र उनलाई आफ्नो आइकनका रूपमा हेर्छिन् । यस्तै चलचित्रमा अर्का पात्र मङ्गु (विशाल जेठवा)को पनि उत्तिकै महìवपूर्ण भूमिका छ । आर्थिक रूपमा कमजोर परिवारबाट आएका मङ्गु आफ्नो परिवारको जीवनस्तर उकास्न प्रयासरत छन् तर त्यसका लागि उनले सही र गलतको मतलब नगरी छिट्टै पैसा कमाउने माध्यम खोज्छन् । त्यसैले उनी जुवा खेल्ने लतमा फस्छन् र आफ्नो परिवारलाई औषधि परीक्षणमा फसाउँछन् ।
सहरमा औषधि कम्पनीले गैरकानुनी रूपमा वायु प्रतिबन्धित औषधि ‘एस ९३ आर’को मानव परीक्षणको तयारी गर्छ । यो कुरा सत्य हो कि पैसाको प्रलोभनमा परेपछि अरू केही पनि देखिँदैन । अझ गरिब परिवारलाई दुई छाक खान पाउनु नै ठूलो हुन्छ । पैसा कहाँबाट र कसरी आयो, खासै मतलब हुँदैन । गैरकानुनी रूपमा लागूऔषध परीक्षणको यो व्यवसायमा गौरीनाथ अप्रत्यक्ष रूपमा संलग्न हुन्छिन् । धेरै महत्त्वाकाङ्क्षी गौरीनाथले विदेशी कम्पनीको सहयोगमा भोपालमा ठूलो न्युरो सेन्टर बनाउन लागेकी हुन्छिन् । यसका लागि उनलाई केही जग्गा र पैसाको आवश्यकता हुन्छ । जुन राजनीतिक सहयोगबिना सम्भव छैन । गौरी आफ्नो महìवाकाङ्क्षी योजना पूरा गर्न आफ्नो बाटोमा हुन्छिन् तर समस्या बीचबीचमा आइरहन्छन् । यता मङ्गुकी आमा मानव औषधि परीक्षणको सिकार बन्छिन् । धेरै दिनको अस्वस्थतापछि उचित उपचार नपाएर उनको मृत्यु हुन्छ ।
चलचित्रको कथालाई इशान बनर्जी र मोजाज सिंहको पटकथाले रोचक बनाइदिएको छ । औषधि परीक्षणसँग सम्बन्धित घटनालाई उत्साहजनक रूपमा देखाइएको छ । डा. गौरीनाथ र डा. सभरवालका पात्रहरू स्थापित गर्न मस्तिष्क र मुटुको शल्यक्रियाका दृश्य पनि चलचित्रमा समावेश गरिएका छन् । यद्यपि यो दृश्यले धेरैको मन विचलित पनि हुनसक्छ ।
चिकित्सा क्षेत्रमा भ्रष्टाचार कतिको घातक हुनसक्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ । भोपालमा भएको ग्यास दुर्घटना र कोरोना भाइरसको महामारीका कारण भएको बन्दाबन्दीलाई विभिन्न सन्दर्भमा प्रयोग गरिएको छ । यी दुवै घटना भोपालका गरिब बस्तीको आर्थिक विवशता देखाउने कारण बनेका छन् ।
डा. गौरीनाथको भूमिकामा शेफाली शाहले उत्कृष्ट अभिनय गर्नुभएको छ । यद्यपि उहाँको चरित्र चलचित्रको कथामा हावी हुन थाल्छ । चलचित्र उहाँको अभिनयको कौशल देखाउनका लागि मात्र लेखिएको हो भन्ने पनि लाग्छ । उहाँको चरित्रको ग्राफ सकारात्मकबाट नकारात्मकमा सर्छ र एक सम्मानित, महìवाकाङ्क्षी, नरम बोल्ने डाक्टरको चरित्र चलचित्रको अन्त्यमा स्वार्थी र निर्दयी व्यक्तिमा परिणत हुन्छ ।
यस्तै कीर्ति कुल्हारीले खेल्नुभएको अर्को पात्र हो, डा. साइरा सभरवाल । यो पात्र गौरीनाथ जस्तै अलमलमा परेको छ । झुट बोलेर चलखेल गर्नु उनको स्वभाव हो । आमाबुवा र श्रीमान्सँग उनको सम्बन्ध राम्रो छैन तर यस्तो व्यवहारको पछाडि उनको विगत छ, जसले उनलाई छोड्दैन । साइराको यौन आकर्षण महिलाप्रति नै हुन्छ । योभन्दा फरक पर्दैन कि उनी ‘लेस्वियन’ हुन् । यही कारण उनी आफ्ना आमाबुवाबाट टाढा हुन्छिन् । चलचित्रमा कीर्तिले आफ्नो भूमिकालाई न्याय गर्नुभएको छ । उहाँको भूमिकाबाट धेरै प्रभावित हुन्छन् ।
रानी मुखर्जी अभिनित ‘मर्दानी २’ मा मुख्य खलनायक रूपमा देखा परेका विशाल जेठवालाई मङ्गुको भूमिका धेरै नै सुहाएको छ । उहाँको अभिनयले चलचित्रको कथामा सुनमा सुगन्ध भरिदिएको छ । अन्य दुई पात्रको भूमिकालाई भन्दा पनि मङ्गुको भूमिकालाई धेरै दर्शकले रुचाउनुभएको छ । कमजोर आर्थिक वर्गबाट आएको यस पात्रको अभिनयलाई विशालले जीवन्त बनाउनुभएको छ । हरेक राम्रो नराम्रो काममा गौरीनाथको सहयोगी, गुरु र लागूऔषध परीक्षण शिविरको निर्दयी निगरानी गर्ने रोमा पात्रको भूमिकामा सीमा विश्वासले खेल्नुभएको छ । उहाँको भूमिका डरलाग्दो देखिएको छ ।
चलचित्रको पहिलो भाग उत्कृष्ट छ तर त्यसपछि चलचित्रमा केही कुराको कमी भएको अनुभूति हुन्छ ।
जस्तै– चलचित्रको बगाई धेरै नै सुस्त गतिमा छ । एउटा दृश्यलाई धेरै नै लामो तरिकारले प्रस्तुत गर्नु चलचित्रको कमजोरी नै हो । चलचित्रको ‘क्लाइमेक्स’ सुरुदेखि नै वातावरण बनाइएको जस्तो प्रभावकारी देखिँदैन । औषधि परीक्षण जस्ता महìवपूर्ण मुद्दामा, कुनै अर्थपूर्ण क्लाइमेक्सको आशा अधुरो छ । कतिपय प्रश्न अनुत्तरित नै छन् । यो पनि हुनसक्छ, ती अनुत्तरित प्रश्नको उत्तर निर्देशकले भाग–२ का लागि राखेका हुन् ।