रविन श्रेष्ठ
जतिपटक हारेपनि एकदिन जीत हुन्छ
जीत्नलाई हार्नैपर्ने संसारको रित हुन्छ ।
जीत हुँदा नमातिनु हार हुँदा नआतिनु
हारमा साथदिने साथी सच्चा मीत हुन्छ ।
हारे पनि लडिरहनु कहिल्यै पछि नहट्नु
सकारात्मक सोच्नुमा सबैको हित हुन्छ ।
हारको मारले आज जति चोट खेपे पनि
एकपल्ट जीतेपछि भोलि सुरक्षित हुन्छ ।
जिन्दगीमा सफल हुन घिउझैं खारिनुपर्छ
हारेर खारिएपछि सबैमा परिचित हुन्छ ।