टहल दाहाल “नवकिरण”
मैदानमै थाकेँ भन्छौ, उकालो त बाँकी नै छ
पुग्नुपर्ने गन्तव्यको टाकुरा त माथि नै छ ।
देश बदल्न हिँड्या मान्छे यति चाँडै थाक्नुहुन्न
एकातिर हिँड्या मान्छे अर्कोतिर लाग्नुहुन्न ।
भाले बास्यो उज्यालो भो’ नसोच है राति नै छ
पुग्नुपर्ने गन्तव्यको टाकुरा त माथि नै छ ।।
बुझ्नेलाई जिन्दगानी वरदान साबित होला
नबुझ्नेलाई जिन्दगानी फगत रुन्चे गीत होला ।
कहीँ काँडा, कहीँ फूल भेटिएलान् यात्राभरि
रोक्नु हुन्न पाइला अघि बढिरहोस् सधँैभरि ।।