नवराज लामिछाने
मैले प्रीति मिसाउँला रहरले माटो र पानीसँग
मैले दुख्ख बिसाउँला रहरले यी घाम छायासँग ।
यात्रा तागतिलो बनोस् चरणको बोकेँ मकै गुन्द्रुक
आमा हे ! अब दुख्ख हुन्न घरमा छोरो बन्यो लायक ।
खोल्दै जाँगरद्वार यो प्रगतिमा लम्किरहेको छु म
घोल्दै मट्टिमहाँ निधार–पसिना चम्किरहेको छु म ।
भैगो ती दिन बिर्सिई अधरमा हाँसो जगाऊ अब
मेरो हस्तकला फल्यो जमिनमा बाँडेर खाऊ अब ।
तिम्ले दुुख्ख गरी हिजो जमिनमा खाएँ बढेँ हुर्किएँ
तिम्ले दुख्ख गरी हिजो सहरमा आएँ पढेँ सप्रिएँ ।
तिम्ले दुख्ख ग¥यौँ हिजो जति थिए पालो छ मेरो अब
सच्चा आर्जनले म भर्छु घर यो बाँडेर खाऊ अब ।
तिम्ले दुख्ख जिती हिजो जमिनमा जे जे फलेका थिए
ती ऐश्वर्य जसै समस्त दिलका साझा बनेका थिए ।
त्यै यात्रा प्रतिविम्बझैँ म पनि हे ! पछ्याउँदै जाउँला
अर्कालाई पुगेसी मात्र घरमा ऐश्वर्य भिœयाउँला ।
आएँ क्यै नगरी गरेर अथवा आएँ उसै लोकमा
जे होस् यो जुनिमा सुकार्य नगरी उक्लन्न त्यो स्वर्गमा ।
चालीसौँ वयदेखि आज कविता देख्दै छ यो लेखनी
आमाको अनि देशको गुणकथा लेख्दै बितोस् जीवनी ।