logo
२०८१ मंसिर ८ शनिवार



प्रेरणाको स्रोत फागुन ७

शनिवार |


प्रेरणाको स्रोत फागुन ७


पुरुषोत्तम बस्नेत

नेपालको इतिहासको एक अविस्मरणीय एवं एक सर्वाधिक महìवपूर्ण दिन हो– फागुन ७ गते । नेपाल एक शताब्दीभन्दा लामो समयदेखि एकतन्त्रीय राणा शासनको कठोर नियन्त्रणमा थियो । राणा शासकहरू देश र जनताप्रति उत्तरदायी थिएनन् । हरेक तहमा उनीहरूको हुकुमी शासन कायम थियो । अन्याय र अत्याचार सबैतिर व्याप्त थियो । जनताले आफूमाथि जुनसुकै अन्याय भए पनि, जस्तोसुकै अत्याचार भए पनि त्यसको निराकरण गर्ने ठाउँ कतै थिएन । जनता सधैँ उपेक्षित भएर, जस्तोसुकै थिचोमिचोलाई पनि सहन विवश भएर, निरीह रैतीको रूपमा रहनु परेको थियो । यी सबैको विरोधमा रहेको नेपाली काँग्रेसले २००७ को प्रारम्भसँगै अहिंसात्मक नीति परित्याग ग¥यो र सशस्त्र क्रान्तिको तयारीमा लाग्यो ।

केही पहिले मात्र द्वितीय विश्वयुद्ध समाप्त भएको थियो । ब्रिटिस सेनामा रहेर फर्केका तथा आजाद हिन्द फौजमा सम्मिलित भएर आएका कतिपय नेपाली, नेपाली काँग्रेसको लडाकु दस्ता जन–मुक्तिसेनामा आबद्ध भइरहेका थिए । हतियारको सङ्कलन भइरहेको थियो । नेपालकै कुनै एक भूभागलाई मुक्त क्षेत्र घोषणा गरेर, राजा त्रिभुवनलाई त्यहाँ पु¥याउने, त्यहाँबाटै देशभरि क्रान्ति सञ्चालन गर्र्नेे योजना बी.पी.कोइराला, सुवर्णशमशेर र अरू सबै नेताको थियो । त्यसको निमित्त पाल्पालाई एक उपयुक्त स्थानको रूपमा हेरिएको थियो । विसं १९९० मा राणाहरूको आन्तरिक सङ्घर्षमा रोलक्रमबाट निस्काशित गरेर, रुद्रशमशेरलाई पाल्पा पठाइएको थियो । पाल्पामा रुद्रशमशेरको मातहतमा बाह्र सय जति तालिम प्राप्त सैनिक थिए । रुद्रशमशेर नेपाली काँग्रेसको सशस्त्र क्रान्तिलाई सहयोग गर्ने मनस्थितिमा थिए । त्यसैले पाल्पामा आफैँ गएर सबै वस्तुस्थितिको अवलोकन गर्न बीपी कोइराला गोरखपुरबाट नौतुनवा, बुटौल हुँदै एउटा घोडा र त्यसको सइसको सहयोगमा ठूलो खतराको अगाडि उभिएर पाल्पा पुग्नु भयो ।

त्यसबेलासम्म बीपी सशस्त्र क्रान्तिको तयारीमा सशक्त रूपमा लागिरहनु भएको थियो । राणाहरूले यी सबै थाहा पाइसकेका थिए । त्यसैले बीपी कोइरालालाई जसले, जहाँ देखे पनि तुरुन्त पक्राउ गर्नू । भाग्न–उम्कन खोजे, घुँडामुनि गोली हान्नू भन्ने राणाहरूले इस्तिहार जारी गरिसकेका थिए । इस्तिहारमा बीपीलाई पक्राउ गर्ने र गोली हान्नेलाई नगद पुरस्कार दिइने र कर्मचारीबाट यो काम भए, बढुवासमेत गरिने भनिएको थियो तर प्रत्येक खतराका अगाडि पहिले आफैँ उभिने बीपीको स्वभावजन्य साहसलाई राणाहरूको कठोर इस्तिहारले रोक्न सकेन । २००७ साल असार ११ गतेको साँझ बीपी पाल्पाको तान्सेन पुग्नु भयो । उहाँ तान्सेनमा दुई दिन डा. त्रिवेणीप्रसाद प्रधानको निवासमा रहनुभयो । उहाँको रुद्रशमशेरसित लामो छलफल भयो । रुद्रशमशेर प्रजातन्त्र स्थापनाको जन–क्रान्तिलाई हरतरहले सहयोग गर्न तयार थिए ।

बीपीलाई लाग्यो– राजा त्रिभुवनलाई भगाएर ल्याउने र त्यसलाई मुक्त क्षेत्र घोषणा गरेर, देशभरि क्रान्ति सञ्चालन गर्ने योजनामा पाल्पा एक उपयुक्त ठाउँ हो । त्यसको निमित्त राजा त्रिभुवनसित सम्पर्क राख्ने र अरू पनि महìवपूर्ण कार्यहरूको जिम्मेवारी लिएर गणेशमान सिंह, सुन्दरराज चालिसे र दिलमान सिंह थापाको नेतृत्वमा जन–मुक्तिसेनाको एउटा सशस्त्र जत्था २००७ सालको साउनमा भूमिगत रूपमा काठमाडौँ आयो तर राजा त्रिभुवनको स्वास्थ्य स्थितिका कारण उनको राजदरबारबाट अन्यत्र कतै जान सम्भव थिएन । त्यसैले उनलाई भगाएर पाल्पा पु¥याउने योजना स्थगन भयो ।


गणेशमान सिंहसमेतको टोली काठमाडौँ आएको कुरा राणाहरूले थाहा पाए । काठमाडौँमा घर–घरको खानतलासी लिएर उहाँहरूको व्यापक खोजी भयो । अन्ततः सुन्दरराज चालिसे, उहाँको धर्मपत्नी सुशीला चालिसे तथा जनमुक्ति सेनाका कमान्डर दिलमानसिंह थापा, कुलमान लामा समेत र नेपाली सेनाका अफिसर तोरणशमशेर राणालगायत अरू पनि धेरैलाई पक्राउ गरियो । अनेक प्रयत्नमा पनि गणेशमान सिंहलाई काठमाडौँमा राणाहरूले पक्राउ गर्न सकेनन् तर भारतको सीमा नजिकै ठोरीमा उहाँलाई पक्राउ गरियो र काठमाडौँ ल्याइयो । उहाँ र पक्राउ गरिएका सबैलाई अत्यन्त अमानुषिक यातना दिइयो । वि.सं. १९९७ मा आजीवन कारावासको सजाय पाउने गणेशमान सिंह २००१ को असारमा जेलबाट उम्कनुभएको थियो । असार १५ गतेको गोरखापत्रमा इस्तिहार प्रकाशित गरेर, त्यसको १५ दिनभित्र उहाँ आफैँ हाजिर हुन नआए, पक्राउ परेको बखत उहाँलाई ज्यान सजाय हुनेछ भनिएको थियो । त्यसैले मूलतः गणेशमान सिंह एवं सुन्दरराज चालिसे, दिलमानसिंह थापा, कुलमान लामा र तोरणशमशेर राणालाई मृत्युदण्ड दिने तयारी भइरहेको थियो ।

नेपाली काँग्रेस जन–क्रान्तिको अन्तिम तयारीमा पुगिसकेको थियो । बर्माबाट प्राप्त हतियारहरू गोप्य तवरबाट आइसकेका थिए । तिनीहरूलाई नेपालको विभिन्न भागमा पु¥याइ सकिएको थियो । तालिमप्राप्त भूतपूर्व सैनिकबाट गठन गरिएको जन–मुक्तिसेनाको सङ्ख्या पनि निकै पुगिसकेको थियो । यस स्थितिमा क्रान्ति प्रारम्भ गर्न अब विलम्ब गर्नु हुन्न भन्ने निष्कर्षमा नेपाली काँग्रेस पुग्यो । त्यसैले नेपाली काँग्रेसले २००७ को असोज १० र ११ गतेका दिन भारतको सीमान्त स्थान उत्तर बिहारको बैरगिनियाँमा सम्मेलनको आयोजना ग¥यो । त्यसमा भारतमा रहेका र नेपालबाट आएका नेपाली काँग्रेसका धेरै प्रतिनिधिले भाग लिएका थिए । त्यही सम्मेलनको सर्वसम्मतिले नेपाली काँग्रेसका सम्पूर्ण कार्य देशभित्रैबाट सञ्चालन गर्ने, छिटै जन–क्रान्ति प्रारम्भ गरेर, राणा शासनलाई समाप्त पार्ने र नेपालमा प्रजातन्त्र स्थापना गर्ने निर्णय ग¥यो । त्यसैअनुसार, २००७, कात्तिक २६ गतेको मध्यरातमा नेपाली काँग्रेसको जन–मुक्तिसेनाले वीरगञ्ज कब्जा ग¥यो र ऐतिहासिक जन–क्रान्तिको शुभारम्भ ग¥यो ।

राजा त्रिभुवन पाल्पा जान सकेनन् तर कात्तिक २१ गते उनी र राजपरिवारका सबै सदस्य, सिकार खेल्न जाने बहानामा राजदरबारबाट निस्केर भारतीय दूतावासमा शरण लिन पुगे । त्यसको पाँच दिनपछि कात्तिक २६ गते (जन–मुक्तिसेनाले वीरगन्ज कब्जा गरेकै दिन) दिल्लीबाट आएको भारतीय एयरफोर्सको दुईवटा विमानद्वारा राजा र राजपरिवारका सदस्यहरू काठमाडौँबाट दिल्ली गए । उनीहरू सबैलाई विशिष्ट अतिथिको रूपमा दिल्लीको हैदरवाद हाउसमा राखिएको थियो । नेपाली काँग्रेसका नेताहरूले उनीहरूसित भेट्न अनेक पटक प्रयत्न गरे तर कसैसँग भेट्न दिइएन ।

जन–मुक्तिसेनाले कात्तिक २६ गते वीरगञ्ज कब्जा गरेर प्रारम्भ गरेको जन–क्रान्ति राणाहरूको अन्तिम किल्लाको रूपमा रहेको नेपालगञ्जलाई माघ १६ गते कब्जा गरेर रोकिएको थियो । कात्तिक २६ देखि माघ १६ सम्म आइपुग्दा, जन–मुक्तिसेनाले राजधानी उपत्यका र त्यसको वरपरका केही स्थानबाहेक अरू सम्पूर्ण भागमा जनसरकार गठन गरेर तथा विकास र निर्माणका अनेक कार्य गरेर एकतन्त्रीय राणा शासनको सबै अवशेषलाई समाप्त पारेको थियो । तुरुन्तै युद्ध विराम गर्न नपरेको भए, पूर्वबाट अघि बढेर चरिकोट कब्जा गर्ने जनमुक्तिसेनाको राजधानी उपत्यकामा प्रवेश गर्ने दिन त्यति टाढा थिएन ।

राजधानी उपत्यका पनि हेरेर मात्र बसेको थिएन । मङ्सिर महिनाको सुरुदेखि नै हरेक दिन यहाँका साहसी र देशभक्त जनता राणाहरूको सशस्त्र सेनाको गस्ती अगाडि निहत्था रूपमा उभिएर राणाहरूको कडा विरोध गरिरहेका थिए । कति मारिएका थिए । कति गम्भीर रूपले घाइते भएका थिए । धेरैलाई बन्दी बनाइएको थियो तर जनता अझ आन्दोलित भएर आफूलाई उत्सर्ग गर्न तयार भएर आइरहेका थिए । अन्ततः जनताको देशभरि फैलिएको बलिदानपूर्ण सङ्घर्षको अगाडि राणाहरू आत्मसमर्पण गर्न बाध्य भए ।

२००७ को फागुन ४ गते राजा त्रिभुवन र उनको परिवारका सदस्यहरू दिल्लीबाट काठमाडौँ फर्के । नेपाली काँग्रेसका नेताहरू पनि त्यसै दिन पटनाबाट काठमाडौँ आए । फागुन ७ गते राजा त्रिभुवनबाट नेपालमा राणा शासन समाप्त भएर प्रजातान्त्रिक परिपाटी कायम भएको विधिवत घोषणा भयो । त्यही घोषणासँगै, राणा र काँग्रेसको संयुक्त मन्त्रिमण्डल गठन भयो । त्यही घोषणामा राजा त्रिभुवनले दुई वर्षभित्र संविधान सभाको निर्वाचन हुने, त्यसले संविधान निर्माण गर्ने र त्यो अविधिसम्मका लागि अन्तरिम विधान लागू हुने कुरा उल्लेख गरेका थिए । त्यसैले, २००७ साल चैत १७ गते– ‘अन्तरिम शासन विधान–२००७’ लाई मन्त्रिमण्डलले पारित ग¥यो । त्यसै दिन राजा त्रिभुवनले त्यसलाई स्वीकृति दिए । चैत २९ देखि त्यो लागू भयो । यसका सबै भाग, सबै दफा र सबै धाराले नेपाली जनताको अधिकारलाई सुरक्षा प्रदान गरेको थियो । यसमा स्वतन्त्र न्यायप्रणाली, निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षक आदि संवैधानिक निकायहरूको व्यवस्था गरिएको थियो । यसले सबै किसिमका शोषण र सबै असमानतालाई हटाएको थियो । यसमा राजाले पनि संवैधानिक मर्यादालाई पूर्णतया पालन गर्नुपर्ने प्रावधान थियो तर राजा त्रिभुवनले पनि त्यसको उचित तवरले पालन गरेनन् । २००९ सालको भादौमा ‘विशेष परिस्थिति ऐन’ जारी गरियो र यसमार्फत नेपाली जनताले उपभोग गर्न पाएका अधिकारलाई कुण्ठित पारियो । ‘प्रेस र प्रकाशन ऐन’ लागू गरेर, धेरै कुरामा बन्देज लगाइयो ।

देशमा प्रजातन्त्रको स्थापनापछि– राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक प्रभृति हरेक क्षेत्रमा आमूल परिवर्तन आयो । यसले सम्पूर्ण नेपालीमा हामी नेपाली, हाम्रो नेपाल भन्ने राष्ट्रिय चेतना ल्यायो । सबैलाई राष्ट्रप्रतिको दायित्व बोध गरायो । क्रान्तिको मोर्चाहरूमा गुञ्जिएको ‘जय नेपाल’ राष्ट्रिय जागरणको सशक्त वाणी भएर देशभरि प्रतिध्वनित भयो । त्यसबेला काठमाडौँलाई मात्र नेपाल भन्ने गरिन्थ्यो । यो जन–क्रान्तिले मेचीदेखि महाकालीसम्मको सम्पूर्ण भू–भाग नेपाल हो भन्ने राष्ट्रिय भावनाको उजागर ग¥यो ।

विसं २०११, फागुन ३० गते राजा त्रिभुवनको निधन भयो । चैत १ गते महेन्द्र राजा भए । प्रारम्भदेखि नै राजा महेन्द्रले राजतन्त्र र प्रजातन्त्र एकसाथ अगाडि जान सक्तैन भन्ने तथ्यको आभाष दिइरहेका थिए । उनले चुनावको तिथि घोषणा गरे तर चुनाव गराएनन् । नेपाली काँग्रेसको नेतृत्वमा, चुनावको तिथि तोकियोस् भन्ने माग लिएर २०१४ को मङ्सिर २२ देखि देशभरि भद्र अवज्ञा आन्दोलन सुरु भयो । त्यसले राजा महेन्द्रलाई चुनावको तिथि तोक्न बाध्य पा¥यो । २०१५ साल फागुन ७ देखि नेपालमा पहिलो आमचुनाव सुरु भयो ।

यो चुनावमा नेपाली काँग्रेसले अत्यधिक बहुमत प्राप्त ग¥यो । बीपी कोइरालाले २०१६ साल जेठ १३ गते नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको शपथ लिनुभयो । जननिर्वाचित सरकारले देशहितका अनेक कार्य ल्यायो । देश हम्रो हो र हाम्रै एकता र दृढताले यसलाई अगाडि बढाउनुपर्छ भन्ने उत्साह र सङ्कल्पकका साथ सम्पूर्ण नेपाली जनता विकास र निर्माणमा एकत्रित भइरहेका थिए । नेपालप्रति सद्भाव राखेर धेरै मित्र राष्ट्रले सहयोगको हात बढाइरहेका थिए । देशको हित चाहेको भए, यी सबैबाट राजा महेन्द्रले खुसी हुनुपर्ने थियो । उनले पनि सहयोगी भूमिका निर्वाह गर्नुपथ्र्यो तर यस्ता कार्यबाट जननिर्वाचित सरकारको लोकप्रियतामा वृद्धि हुन्छ र सर्वसत्तावादी शासक भएर आउने उनको योजनामा बाधा पुग्छ भन्ने सङ्कुचित र नितान्त देशघाती सोचाइ राजा महेन्द्रको थियो । उनले सरकारलाई उचित तवरले कार्य अगाडि बढाउन नदिन अनेक ठाउँमा अशान्ति सिर्जना गराइरहे । त्यस स्थितिमा पनि सरकारका कार्यहरू रोकिएनन् । त्यसैकारण २०१७ साल पुस १ गते राजा महेन्द्रले सैन्य शक्तिको आडमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, सभामुख, भेटेसम्मका सबै मन्त्री तथा नेपाली काँग्रेस र अरू पार्टीका नेता र कार्यकर्ताहरूलाई खोजी–खोजी पक्राउ गरे । संसद् भङ्ग गरे । राजनीतिक पार्टीहरूलाई प्रतिबन्ध लगाए । मुलुकको अगाडि जाने सबै मार्ग अवरुद्ध पारे र मुलुकलाई निर्दलीय निरङ्कुशताको अन्धकारमा धकेले ।

राजा महेन्द्रको पुस १ को राष्ट्रघातले नेपालको राष्ट्रिय एकता, नेपालको प्रगति, नेपालको विकास आदि सबै कुरालाई एकैचोटि धेरै पछाडि धकेल्यो । त्यसको विरोधमा अनवरत रूपले सङ्घर्ष गरिरहन नेपाली जनतालाई साहस र शक्ति फागुन ७ ले नै प्रदान गरेको हो । यसरी सङ्घर्षमा होमिनेहरू अनेकौँलाई क्रूरतापूर्वक गोली हानेर मरियो । कतिको टाउको काटेर अनेक दिनसम्म प्रदर्शन गरियो र सबैलाई आतङ्कित पारियो । धरैलाई जिउँदै खाडलमा हालेर पुरियो । कतिलाई मध्यरातमा जेलबाट झिकेर गोली हानियो । निर्वासनमा रहेका नेताहरूलाई पेसेवार अपराधीहरू प्रयोग गरेर हत्या गराइयो । देशभित्रै पनि त्यसैगरी धेरैको हत्या गराइयो तर यस्ता बर्बर दमनले नेपाली जनता विचलित भएनन्, अझ उत्तेजित भए, आक्रोशित भए । आफूलाई बलिदान गर्न तत्पर भएर सङ्घर्षमा होमिए ।

नेपाली जनताको यो लामो अनवरत शृङ्खलाको निर्णायक आन्दोलन २०४६ साल फागुन ७ गते प्रारम्भ भएको थियो । यसले पुस १ गते खोसिएको सबै अधिकारलाई पुनस्र्थापित ग¥यो । राजा ज्ञानेन्द्रले फेरि पनि ती अधिकार खोस्ने धृष्टता गरे । नेपाली जनताले फेरि अर्को आन्दोलनमा समाहित हुनु प¥यो । देशहितको निमित्त दृढ अठोट लिएर जनता उठेपछि जित जनताकै हुन्छ भन्ने यथार्थलाई नेपाली जनताले यो आन्दोलनमा पनि प्रमाणित गरे । यसरी देश हितको रक्षामा अनेक पटक बलिदानपूर्ण सङ्घर्ष गर्ने नेपाली जनताको प्रेरणाको स्रोत २००७ सालको जन–क्रान्ति र त्यसले स्थापित गरेको दिन फागुन ७ थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?