श्रीपुरुष ढकाल
किन किन आज भोलि
एक्लो छु झैँ लाग्छ मलाई
जसलाई आफ्नो ठान्थेँ मैले
उही पराइ भा’छ ऐले ।
दुःखमा पनि सुखमा पनि
म त तिमै्र हुँ है भन्थ्यो
अरू जस्तो छैन म त
छायाँ सरी छु है भन्थ्यो
कहाँ पुग्यो आफ्नो भन्ने
कहाँ खोजुँ मैले उसलाई
जसलाई आफ्नो ठान्थेँ मैले
उही पराइ भा’छ ऐले ।
जसले भन्थ्यो बदलिन्न म
उही नै पहिले बदलियो
अरूको सामु बोल्नु पर्ला
भन्ने डरले पाइला मोड्यो
झुटो किन बोल्छ मान्छे
यस्तो सोचाइ आउँछ मलाई
जसलाई आफ्नो ठान्थेँ मैले
उही पराइ भा’छ ऐले ।