logo
२०८१ जेष्ठ ४ शुक्रवार



जतन कि जलन (कविता)

शनिवार |


जतन कि जलन (कविता)


कणाद महर्षि

मान्छेहरू झुम्मिएका छन्
फुर्सदलाई सदुपयोग नगरी खेर फालेर
आफैँ भाँचिएको, भासिएको हेर्न/देख्न ।

मान्छेहरू झाङ्गिएका छन्
कतै, केही नकेलाई, समय फाल्तुमा हालेर
आफैँ पात्तिएको, नाङ्गिएको देख्न/हेर्न ।

मान्छेहरू फुत्त निस्किएका छन्
आफैँलाई नलुकाइ अटेरी भएर
आफैँ छर्लङ्ग निर्वाङ्ग भएको हेर्न/देख्न ।

यस्तोमा अब कसलाई के भन्ने !
यस्तोमा अब कसलाई के सोध्ने !
यस्तोमा अब कसलाई के सोच्ने !

आफैँ मान्छे भएपछि
मान्छेको चर्तिकला
जतनले छिपाउने
कि
जलनमा पार्ने !!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?