logo
२०८१ मंसिर ९ आईतवार



आईएफआरसीको उच्च पदमा पुग्ने नेपाली

शनिवार |


आईएफआरसीको उच्च पदमा पुग्ने नेपाली


विष्णु नेपाल

आपत्कालीन मानवीय सेवामा समर्पित सर्वाेच्च परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का तत्कालीन महासचिव सईले त्यहाँ कार्यरत एक नेपालीलाई परिचित गराउँदै भन्नुभयो, “आईएफआरसीका महासचिवमा अब कुशल, अब्बल, क्षमतवान् जगन्नाथ चापागाईंले नेतृत्व सम्हाल्नुहुनेछ ।” यी शब्दसँगै चापागाईं विश्वका १९२ देश सदस्य रहेको आईएफआरसीको सर्वाेच्च पदमा पुग्ने प्रथम नेपाली बन्नुभयो । यो प्रसङ्ग थियो, सन् २०२० को ३१ जनवरी ।

महासचिव पद सम्हालेपछि उहाँ संसारभरका सङ्कटापन्न समुदायलाई मलमपट्टी लगाउन अहोरात्र खटिरहनुभयो । चारवर्षे कार्यकालको दुई वर्षमा उहाँले मानवीय क्षेत्रमा नवीनतम् कार्य सम्पादन गरी विश्वसामु आफ्नो व्यक्तित्वलाई थप उचाइमा पु¥याउनुभयो । हालै भएको नेपाल भ्रमणका क्रममा उहाँले भन्नुभयो, “दुई वर्षमा एक दिन पनि बिदा बसिनँ ।” चापागाईंले पद सम्हाल्दै गर्दा चीनमा कोभिड–१९ को सङ्क्रमण उच्च थियो । सङ्क्रमण अन्य देशमा पनि पैmलँदै थियो । कोभिड–१९ कोे सुरुवाती दिनमा उहाँले विशेषगरी सङ्कटापन्न समुदायलाई सङ्क्रमणबाट जोगाउन, यसको उपचार तथा जीवन रक्षामा उहाँले आफ्नो ध्यान केन्द्रित गर्नुभयो । यसका लागि आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना तथा आवश्यक स्वास्थ्य सामग्री सहयोगका कार्यक्रम सञ्चालन गरियो । यो कार्यक्रम अहिले पनि जारी छ । खोपको सफल परीक्षणपछि सबैलाई खोपको सुनिश्चितता गर्न संयन्त्र पनि परिचालित गरिएको छ ।

आईएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका प्राकृतिक तथा मानव सिर्जित विपत् न्यूनीकरण र महामारीका बीच पीडितलाई पनि सहयोग निरन्तर जारी राखेको छ । यस अवधिमा उहाँले कोरोना महामारीबाट विश्व मानवलाई जोगाउन तथा अन्य मानवीय सेवामा गर्नुभएको कामले आईएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन, विश्वका धनी तथा शक्तिशाली देशको सङ्गठन ‘जी सेभन’ तथा विश्व स्वास्थ्य सङ्गठनको हालै सम्पन्न विभिन्न बैठकका सहभागीले महासचिव चापागाईंको मानवीय सेवालाई खुलेर प्रशंसा गरेको समाचार अन्तर्राष्ट्रिय समाचार संस्था, पत्रपत्रिका तथा टेलिभिजन च्यानलले सार्वजनिक गरे । ती बैठकमा उहाँले ‘विश्वमा विपत् अवस्था, समस्या र उपाय’ प्रस्तुति दिनुभएको थियो । यो प्रस्तुतिलाई लिएर ‘जनरल सेक्रेटरी चापागाईं इज अथेन्टिक’ भन्दै सम्मेलनका सहभागीले उहाँको प्रशंसा गरे ।

अन्तर्राष्ट्रिय सम्मेलन÷बैठक आयोजना हुनुअघिदेखि आईएफआरसीले ‘कोभ्याक्स’अन्तर्गत विकासोन्मुख तथा गरिब देशलाई खोप सहयोग गर्न निरन्तर पैरवी गर्दै आएको छ । महासचिव चापागाईंले भन्नुभयो, “पैरवीका कारण ‘जी सेभेन’ले गरिब देशलाई खोप सहयोग गर्ने प्रतिबद्धता जनाउँदा असाध्यै खुसी लाग्यो । खोप समानताका साथै यसलाई व्यवस्थित गर्न आवश्यक छ । हामी राष्ट्रहरूका बीचमा र राष्ट्रहरूभित्रै कोभिड–१९ खोपको उत्पादन, वितरण र समतामूलक पहुँच वृद्धि गर्नका लागि सबै सम्भावित उपाय मनन गर्न राष्ट्रलाई प्रेरित गर्दछौँ ।” अहिले सबै वर्ग, क्षेत्र र समुदायका मानिसको पाखुरासम्म खोप पु¥याउने अभियानमा स्वयंसेवी रेडक्रस तथा रेडक्रिसियन्टकर्मी समुदायसँग अहोरात्र खटिरहेका छन् । उहाँले भन्नुभयो, “महामारीको अन्त्य हुनु भनेको केवल द्रुततर दरमा धेरै खोप प्राप्त हुनु मात्र होइन, खोप प्राप्त गरेदेखि मानिसको पूर्ण स्वीकृतिका साथ उनीहरूको पाखुरासम्म नपुगुञ्जेल आवश्यक पूर्वाधार र मानवीय स्रोतका लागि राष्ट्रले सुनिश्चित गर्नु पनि हो । कसैलाई पछाडि नछाडी अन्तिम गन्तव्यसम्म पुग्न र कसैलाई छुटाएको छैन भन्ने सुनिश्चितताका लागि कडा मेहनत गरिरहेको छौँ ।”

देशहरूका बीचमा विशेषगरी स्वास्थ्य क्षेत्रमा सहकार्य हुन नसक्दा कोभिड–१९ ले विनाशकारी र क्रूर रूप देखायो । समयमै कोभिडसँग सामूहिक रूपमा जुध्न सकिएको भए यसले ‘महामारी’को रूप लिन नसक्ने आईएफआरसीले आकलनसमेत गरेको थियो । आगामी दिनमा यस्तो गल्तीबाट जोगिन ‘अन्तरदेशीय महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी कानुन’ तथा घरेलु कानुन आवश्यक रहेको उहाँ औँल्याउनुहुन्छ । आईएफआरसीले महामारी कानुनका लागि विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो सभामा पैरवीसमेत गरेको बताइएको छ । महासचिव चापागाईंले भन्नुभयो, “महामारीलाई नियन्त्रण गर्न र सामूहिक रूपमा जुध्न महामारी कानुनले सहयोग गर्छ । एउटा सफल सन्धिले विशेषगरी स्वास्थ्य स्वयंसेवक र अन्यलाई महामारी रोकथाम र पूर्वतयारीमा थप सहयोग गर्छ । साथै घरेलु र अन्तर्राष्ट्रिय लगानीमा प्रोत्साहन र विश्वव्यापी समानतालाई प्रतिबद्धसमेत गर्छ ।”

... आईएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा खटिरहेका छन् । महामारीका समयमा मानवीय सहायता, जनस्वास्थ्य र रोकथामका उपाय लिई स्वयंसेवक समुदायमा परिचालित भइरहेका छन् । उहाँले भन्नुभयो, “स्वास्थ्य सङ्कटकालमा स्वास्थ्य योजना तयार गर्ने, जानकारी लिने र प्रतिकार्य गर्ने सबै योजना समुदायमा केन्द्रित हुनुपर्छ । अन्ततः समुदायले नै रोगको विस्तारलाई अन्त्य गर्ने हुन् । यसका लागि रोगको महामारीले नराम्रोसँग प्रभाव पार्ने स्थानका सहज पहुँच नभएका जनसङ्ख्याका लागि पहुँच पु¥याउन तिनीहरूमा अझ बढी लगानी, प्रशिक्षण, सुरक्षा र सहयोग हुनु आवश्यक छ ।”आईएफआरसीले जलवायु र वातावरण बडापत्र अनुमोदनका लागि पनि जोड दिइरहेको छ । यी दुई क्षेत्रले भविष्यमा मानवीय सङ्कट निम्त्याउने खतरा छ । यसले गरिब र सीमान्तकृत समुदायलाई बढी असर पु¥याउने जनाइएको छ । महासचिव चापागाईंले महामारी सकिन समय लाग्ने भन्नुहुँदै खोपसहित अन्य स्वास्थ्य सामग्री तथा प्रविधि बाँड्न तथा खोपको समतामूलक पहुँचका लागि विश्वमा सामूहिक प्रयासको आवश्यकता औँल्याउनुभयो ।

आफ्नो कार्यकालको दुई वर्ष कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “कोभिड–१९ को महामारीको सुरुवाती चरण अर्थात् १ फेबु्रअरी २०२० मा मैले आईएफआरसीको महासचिवको कार्यभार लिएँ । दुई वर्षलाई फर्केर हेर्दा अहोरात्र कोभिडबाट सङ्कटमा परेका समुदायलाई कसरी बचाउने भन्नेमा मैले समय लगाएँ । अहिले पनि यो कार्य जारी छ । मानवीय सेवामा तल्लीन हुन पाउँदा गौरवान्वित बोध भएको छ । चुनौतीका पहाडसँग अहोरात्र जुध्न प्रयासरत छु ।” त्यसो त उहाँले महासचिव पदका लागि दरखास्त दिँदा कार्ययोजनामा जलवायु परिवर्तनबाट उत्पन्न विपत्लाई सम्बोधन गर्दै सङ्कटापन्न समुदायलाई माथि उठाउने, विपत् पूर्वतयारीमा समुदायलाई उत्थानशील बनाउने, स्वास्थ्य सङ्कट र कोभिड–१९ महामारी नियन्त्रण तथा शुद्ध खानेपानी, सरसरफाइ, रगतको सर्वसुलभ पहुँचका लागि सहयोग पु¥याउने, बसाइँसराइ÷विस्थापितका समस्यामा मलमपट्टि लगाउने र लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धन गर्ने रहेका थिए । उहाँले भन्नुभयो, “मेरा कार्ययोजना व्यावहारिक रूपमा कार्यान्वयन भई नतिजा देखिन थालेका छन् । मेरो कामको उपलब्धिलाई लिएर सदस्य देशका सरकारप्रमुख तथा देशीय रेडक्रसले सराहना गर्न थालेका छन् । विपत् प¥यो सहयोग चाहियो भन्नेका लागि सहयोग जुटाएकै छु ।” जगन्नाथ चापागाईंको जन्म पाँच दशकअघि चितवनको दिव्यनगरमा सामान्य परिवारमा भएको थियो । आठ दाजुभाइ र दुई दिदीबहिनी भएका परिवारमा उहाँ हुर्किनुभयो । उहाँले वि.सं. २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरी मानवीय सेवाका यात्रा सुरुवात गर्नुभएको थियो ।

भारतबाट खानी (माइनिङ) इन्जिनियरिङमा स्नातक अध्ययन गरी भुटानी शरणार्थी शिविरबाट आईएफआरसीको सेवामा उहाँ प्रवेश गर्नुभयो । उहाँले सन् १९९६ जुनमा ताजकिस्तान र सन् २००३ देखि आईएफआरसी दक्षिण एसियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्ने गरी प्रमुखको जिम्मेवारी पाउनु भयो । सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्प, सन् २००४ को श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभावित परेको सुनामी तथा सन् २००५ मा पाकिस्तानको भूकम्पपछि उद्धार तथा राहतमा उहाँले नै नेतृत्व प्रदान गर्नुभएको थियो । यस्तै चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशको आँधीपीडितलाई सहयोग पु¥याउन उहाँले नै नेतृत्व प्रदान गर्नुभयो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उहाँ १४ गते काठमाडौँ आई अन्तर्राष्ट्रिय मानवीय सहयोगको समन्वयसमेत गर्नुभयो । नेपाल रेडक्रसको इतिहासमा पहिलो पटक दातृ सम्मेलन आयोजना गरी पुनर्निर्माण सुरुवातसमेत भएको थियो । आईएफआरसीको सेक्रेटरी काउन्सिलले उहाँलाई सन् २०१५ जुलाईमा निर्देशकमा नियुक्त गरेको थियो । हाल आईएफआरसीको अध्यक्षमा फ्रान्सेस्को रोक्का हुनु हुन्छ ।

तपाईंको सफलताको सूत्र के हो ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “इमानदारी, सहनशीलता, धीरता, कडा परिश्रम र दृढ कार्यशक्ति नै हुन् । म अहिले पनि दैनिक १६ घण्टाभन्दा बढी समय मानवीय सेवाका गतिविधिमा बिताउँछु । विश्वका जुनसुकै भागमा विपत् प¥यो भन्ने समाचार मेरा लागि दुःखका अवस्था हुने गर्छ । तत्काल सहयोगी हात अगाडि बढाउन आफ्ना संयन्त्रलाई परिचालित गर्छु ।” यसका लागि उहाँले गठन गर्नुभएको ‘सचिवालय टिम’ले पनि चुस्त, दुरुस्त रूपमा काम गरिरहेको छ । हेनरी ड्युनाले सन् १८६३ मा युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न रेडक्रस स्थापना गर्नुुभएको थियो । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपत्, विपत्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटापन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा आईएफआरसीले मानवीय सहायता प्रदान गर्दछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?