तेजेश्वरबाबु ग्वङ्गः
मल्लकालीन युगलाई नेपालको स्वर्णिम युग भनिएको छ । स्वर्णिम युगले सुवर्ण आकृतिमा त्यसका यावत् निर्माणमा स्वर्णजडित/मोलम्बा गरेको अर्थ बोध गराउन्न । अपितु, सुनजति नै दीर्घ कालसम्म टल्किरहने लाक्षणिक अर्थबोधक हुन्छ । रानीपोखरी जीतामित्र मल्लकालीन कीर्ति नेपाल संवत् ७९८, विक्रम संवत् १७३५ मा निर्मित भव्य र सुन्दर स्मारक रहेको छ । यसको भव्यताका गर्भगृह पोखरीकै ठीक बीच भागमा स्थापित यामानको नागको आकृतिसहितको अग्राखको काठको खाँबो रहेको छ । अग्राखको काठ नेपालको बहुमूल्य वनीय धन हो, प्राकृतिक उत्पादन हो । हरियो वन नेपालको धन अन्त्यानुप्रासयुक्त आहान बनेको छ । यस्तो चिटिक्क बान्की परेको रानीपोखरी आजभन्दा ३५३ वर्षअघि निर्माण गरेर कीर्तिमान गरिएको थियो ।
सिंहफले उत्खननका क्रममा फेला परेको शिलालेखमा वर्णन गरिएका विवरणका साङ्केतिक मर्म रहस्यमय लाग्छ । शाक्त तन्त्रमा आधारित रहस्य गर्भगृह बुझिन्छ । गर्भगृहको स्वरूप/आकार अण्डाकारको हुन्छ । अण्डाकारले गर्भलाई बुझाउँछ । यसकारण रानीपोखरीको आकृति उसबेला अण्डाकारकोे बनाइएको हुनुपर्ने धारणालाई प्रस्ट्याउँछ । मानव प्राणीकै मात्र नभई यावत् सृष्टि स्थितिपर्यन्तका चराचर जगत्का थलचर, जलचर, नभचर यावत् प्राणीका गर्भाशय अण्डाकार नै हुन्छ । हजारौँ हजार वर्षअघिदेखि पहिलेका सृष्टि संरचनालाई त्यसबेला तान्त्रिक शाक्तमठमा आधारित मन्त्र/मत भनियो । यो एक्काइसौँ शताब्दीका वैज्ञानिक विद्वान्का निष्कर्ष/निचोड रहेको छ । जीतामित्र मल्लले आफ्नी प्राणप्रिया महारानीको स्मृतिसूचक रानीपोखरीको आकारप्रकारमा निर्मित हुनु पक्कै/निसन्देह पनि अण्डाकारको हुनु युगीन थियो ।
यी भए– तान्त्रिक शाक्तमतमा आधारित विचारका सङ्क्षिप्त विश्लेषण । अब रानीपोखरी जीर्णोद्धार अर्थात् रूपरङ्गविहीन जीर्ण अवस्थामा रहेको, विरूप अवस्थामा फालिएको त्यो पोखरीलाई भक्तपुर नगरपालिकाको आफ्नो सरोकार क्षेत्र भक्तपुर नगरपालिका–१ मा पर्ने रानीपोखरीलाई दूरदर्शी–सांस्कृतिक संचेतनायुक्त कार्ययोजना तयार गरी जनसहभागितापूर्ण कार्ययोजना तयार हुनु नितान्त सराहना र मर्यादित कार्य हुन आएको छ । रानीपोखरी सल्लाघारीको घनाजङ्गलको थुम्कोमाथि निर्माण गरिएको एक स्मारक रहेको छ । अण्डाकारमा निर्मित रानीपोखरीको पूर्वदिशा अभिमुखद्वार नभएको यस सम्बन्धमा जानकार अग्रज जनसमुदायको अभिमत रहेको पाइएको छ । सम्भवतः तत्कालीन शाक्त तन्त्रसाधनाअनुरूप उत्तर र दक्षिण दिशा अभिमुखीकरण गरी निर्माण साइत जुरेको थियो कि ? अहिले हामीमाझ त्यसको नामोनिशान छैन । युगकै विडम्बना बनेको छ यो ।
खोजिनीति/अनुसन्धानको दैलो उघार्नुपर्ने सान्दर्भिक विषयवस्तु बनेको छ यो । सांस्कृतिक नगरी भक्तपुर सहरी जोगाड गर्दै यावत् नेपालीकै शान, समृद्धि गर्र्दै नेपालीकै क्रमबद्ध तवरले अगाडि बढाउँदै जाने–लाने धैर्यशील अभियानमा तल्लीन हाम्रो कदम निर्विघ्न, निरामय रहनेछ । जीतामित्रदेव मल्लका पालामा निर्मित ३५३ वर्षअगाडि सयौँ वर्ष अलपत्र रहेको रानीपोखरीको शान–मान पुनरावृत्त गर्न भक्तपुर नगरपालिकाको वर्चस्व कायम गर्न स्वहस्तसिद्ध रहेको छ । स्वहस्तसिद्ध रहनुको तात्पर्य/हेतु आम भक्तपुरवासी, नगरवासी जनताका सक्रिय सहभागिता उभार्नु वा उभार्न सक्ने नेतृत्वसितको तादात्म्य पनि घनिष्ठ सम्बन्ध राख्दछ ।
रानीपोखरीको पुनर्निर्माणमा युगीन स्थिति अनुकूल वातायनलाई भरमग्दुर दृष्टि पु¥याइएको छ । तत्कालीन जीतामित्र मल्ल युगले वर्तमान २१सौँ शताब्दीको भविष्य दर्शन गर्न नसक्नुमा कुनै आश्चर्य मान्नु परोइन् । तत्कालीन तान्त्रिक पद्धतिले अब वैज्ञानिक यान्त्रिक युग आविष्कार गरिसकेको छ । उसबेला भक्तपुरबाट काष्ठमण्डप पुग्न व्यतीत हुने समयावधिमा त अहिले सात समुद्रपारिको पाश्चात्य मुलुक बेलायत भ्रमण गर्न सकिने भएको छ । तथापि हामीले आफूलाई निरीह नठानी हाम्रा प्राचीन गौरवशाली छिन्नभिन्न रहेका सांस्कृतिक सम्पदालाई उत्खनन गरी ऐतिहासिक गौरवगाथा जगेर्ना गरेर पुर्खाको शान–मान–गान गर्नु विश्वकै लागि महान् कार्यसिद्ध हुँदो छ । १८औँ शताब्दीमा निर्माण भएर झन्डै विलुप्तप्रायः अवस्था अल्लारिएको झारोजत्तिकै बेवास्ता गरिएको सल्लाघारीको सिरानमा रहेको यो रानीपोखरी स्थानीय स्वायत्त जननिर्वाचित सरकारको प्रत्यक्ष सरोकारकै कुरो/मामिला नै रह्यो ।
राष्ट्रिय/आन्तरिकका साथै अन्तर्राष्ट्रिय पर्यटनमा थप मर्यादित आयाम वृद्धि गर्न रानीपोखरीले महìवपूर्ण योगदान पु¥याएको छ । यो आफैँमा मर्यादित अभियान बनेको यसनिम्ति पनि छ कि यसले बहुआयामिक अन्तर्य धारण गरेको छ । बहुआयामिक अन्तर्य भन्नुको तात्पर्य पहिलो सबै प्रकारका आयमूलक द्वार/ढोका खुल्नु, दोस्रो दिल बहलाउने मनोरञ्जनात्मक साधन स्रोत जुट्नु, तेस्रो सांस्कृतिक सम्पदाको संरक्षण हुनु, चौथो स्थानीय र बाह्य पर्यटकमा भाइचारा, सम्पर्क र आपसी मित्रता वृद्धि हुनु, पाँचाैँ हाम्रो सानु सीमित भक्तपुर नगरपालिकाले अरू अन्तर्राष्ट्रिय नगरपालिकासित भगिनी सहअस्तित्व र मर्यादा स्थापित गर्न थप बल पुग्न जानु, छैटौँ यत्रो उँभो उचाइमा खनिएको पोखरीको अजस्र स्रोत सम्बन्धमा वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान गर्ने विषयवस्तुको थलो बन्नु आदि हुन सक्छ ।
‘वादेवादे जायते तìवबोधः’ संस्कृत वाङ्मयको श्लोकको अन्तरभाव जस्तै समय समय नयाँ नौलो आयामको क्षितिज खुल्दै जानु अवश्यम्भावी छ । हाम्रो पुस्ताको समयले देखेभन्दा थप नौलो सम्भावना व्यापकिँदै जानु युगको नववाणी नै बन्नेछ । पूर्व–पश्चिम दिशा उन्मुख रानीपोखरीको कुल मापन ३८७ फिट लम्बाइ, उत्तर–दक्षिण २२१ फिट चौडाइ रहेको छ । यसको गहिराइ पौडी खेल्ने जवान बन्धु र उपभोक्ता समितिका कर्मठ सहभागी सद्भावुक महानुभावका अनुसार अग्ला मानिस/तन्नेरीहरू पुर्ने गहिराइ रहेको ज्ञातव्य हुन आएको छ । पानीको गहिराइ नाप्ने आधुनिक, वैज्ञानिक संयन्त्र भएर पनि सामान्यतः पौडीबाजले गर्ने गहिराइ पाइताला जमिनमा टेकेर श्वास थामी दुई हात उठाएर नमस्कार मुद्रा देखाउने परम्परागत शैली मैले सिद्धपोखरीमा पौडी खेल्दा अनुभूत गरेको याद छ । सिद्धपोखरीमा त ठाउँठाउँ बीच भागमा गहिरो इनार खनेर पानीको अजस्र स्रोत बनाएको थाहा भएको हो ।
त्यस्तै यो रानीपोखरीको बीचमा रहेको सुनौलो शिरभाग मोलम्बित नागको आकर्षक सौन्दर्यपूर्ण कलात्मक वास्तुकला रहेको छ । यो रचनाको प्रयोजनार्थ नागपोखरीको वस्तुस्थिति अवलोकन अध्ययन गर्ने बेला त्यहाँ दत्तचित्त उपभोक्ता समितिका महानुभाव बन्धुजनअनुसार नाग गाडिएको खा“बोको भूमिगत गहिराइ निकै रहेको बुझिएको छ । मानिसको उचाइभन्दा गहिरोभन्दा पनि अत्तोपत्तो नभएको प्रत्यक्ष अनुभूति रहेको पाएको स्वानुभूति बाँड्न चाहेको छु । श्यामसुन्दर बाटीजीका अध्यक्षतामा रानीपोखरी निर्माण समिति २०७६ सालमा गठन भएको थियो । त्यसपछि २०७८ सालमा राजन कोजूको अध्यक्षतामा होङ्होङ पाटी/फलैँचा निर्माण समिति गठन भएको भक्तपुर नगरपालिकाको अभिलेखबाट ज्ञात हुन आउँछ । त्यसैगरी २०७८ सालमै पुण्यराम गरूको अध्यक्षतामा पूर्वतिर अर्थात् पूर्व र उत्तरतिरको द्वार निर्माण गर्ने प्रयोजनार्थ निर्माण भएको ज्ञात भएको छ । यी तीन निर्माण समितिहरू आ–आफ्ना सरोकारवाला काममा स्थानीय जनताबीचबाट उपभोक्ता समिति गठन गरी सरोकारवाला काम कर्तव्य इमानदारीसाथ पालन गरी आमनगरवासी तथा स्थानीय स्वायत्त सरकार/भक्तपुर नगरपालिकाप्रति बफादार रहनु हुन्छ ।
जहा“सम्म भक्तपुर नगरपालिकाअन्तर्गत सार्वजनिक राष्ट्रिय सांस्कृतिक सम्पदा संरक्षण–सुरक्षणका सवाल छ, अरू अरू स्थानीय स्वायत्त सरकारका दाँजोमा बेजोड रहेको अनुभूत हुन्छ । यहाँका विश्वविख्यात सांस्कृतिक सम्पदाको पुनर्निर्माण जीर्णोद्धार कार्यका वासलात हेर्दा उपभोक्ता वर्ग र स्थानीय बासिन्दाको आर्थिक सहयोग र श्रमदान सङ्कलन अभियान बटुल्ने जा“गर अतुलनीय रहेको छ । यसकारण ठेकेदारहरूका ठेक्कापट्टामा नाफाखोरी प्रवृत्तिको शून्यतामा लगत इस्टिमेट रकम बचत हुने परम्परा कायम रहेको छ । यस परम्पराभित्रको एउटा ओजस्वी अन्तर्य छ । त्यस ओजस्वी अन्तर्यभित्र समाज सेवाको मूलध्येय अन्तरनिहित छ । अन्तरनिहित ध्येयले प्रगाढ धर्मको क्षण बोकेको हुन्छ । प्रगाढ धर्मको हामीमध्ये प्रत्येकलाई मार्गदर्शन गराइरहेको हुन्छ– भन्छन् कि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । अर्थात्, आमा–माता र मातृभूमि भक्तपुरवासी प्रत्येक हामी निःस्वार्थ सेवा भावनाले सेवा कार्यमा दत्तचित्त रहन्छौँ, रहेका हुन्छौँ । यही त हो– समाज सेवाको अन्तरङ्ग रानीपोखरी जीर्णोद्धार/पुनर्ताजकीकरणसित लेखिएको मर्म । पुरानो रानीपोखरी न्हुपुखु (नयाँ पोखरी) भएछ यसरी ।