logo
२०८१ जेष्ठ ४ शुक्रवार



पुर्खाको रगत पसिना (कविता)

शनिवार |


पुर्खाको रगत पसिना (कविता)


सहदेव कोइराला

पुर्खाको रगत पसिनाले सिर्जेको हो हाम्रो यो देश
आफ्नै छ भाषा नेपालको आफ्नै छ संस्कृति भेष ।

हिमाल पहाड तराई मधेस बेँसी जहाँ रहे बसे पनि
एउटै आमाका सन्तान हामी दाजुभाइ दिदीबहिनी ।

सहिष्णु छौँ गौरव गर्छौं आफूलाई नेपाली हुँ भनी
विश्वमा हामी चन्द्र र सूर्य झण्डा फर्फराउँछौँ अनि ।

चुलिरहेछ राष्ट्र भक्तिभाव सगरमाथाभन्दा माथि
राष्ट्रको सुरक्षा संवद्र्धनमा थाप्न तयार छौँ छाती ।

सानो ठूलो धनी गरिब सबै समान हामी सार्वभौमिकता
विविधतामा एकता नेपाल नेपालीको अटल विशेषता । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?