logo
२०८१ जेष्ठ ४ शुक्रवार



गजल

शनिवार |


गजल


कृष्ण कुसुम

जिन्दगी छ रिनै रिनमा, यत्ति बुझिराख्नू
तिर्छु तर कुनै दिनमा, यत्ति बुझिराख्नू ।।

साथीभाइ नातागोता, समाज भन्नु मात्र
कोही हुन्नन् कठिनमा, यत्ति बुझिराख्नू ।।

उज्यालोकै मात्र पछि लाग्दा पुतलीको
जान्छ जीवन् लाल्टिनमा, यत्ति बुझिराख्नू ।।

सपनै हो पानीजहाज रेल आखिरी त
झुण्डिनु छ तुइनमा, यत्ति बुझिराख्नू ।।

लालाबाला भोकै हुने भए यस्पालि नि
पस्यो बाढी निहिनमा, यत्ति बुझिराख्नू । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?