logo
२०८१ बैशाख २२ शनिवार



त्यो चुनौती (कविता)

शनिवार |


त्यो चुनौती (कविता)


दिलीप श्रेष्ठ

त्यो चुनौती – एउटा चट्टानको थियो
अर्को चट्टानका लागि
जसको काँधमा निरन्तर
स्वाभिमानको हिमाल छ ।

त्यो चुनौती –
एउटा फूलको थियो
अर्को सुन्दर फूलका लागि
जसको महकमा निरन्तर
पौरखको सुगन्ध छ ।

या भनौँ त्यो चुनौती –
एउटा सपनाको थियो
अर्को सुन्दर सपनाका लागि
जसको आँखामा निरन्तर
चम्किलो बिहानी छ ।

मैले बुझेको कुरा
त्यो चुनौती थर्कियो भन्दैमा
आवाज – मात्र खाली भाडाको थिएन
तिखो धार प्रहार भयो भन्दैमा
त्यो चुनौती – मात्र काँडाको पनि थिएन ।

त्यो चुनौती थर्कियो भन्दैमा
आवाज – मात्र खाली भाडाको थिएन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?