logo
२०८१ बैशाख २२ शनिवार

   नोबेल विजेताको कथा  



अनार

शनिवार |


अनार


यासुनारी कावाबाता
(जापान)

राति चलेको बतासले अनारको रुखबाट सबै पात झारेछन् ।
झरेका पातले रुखको फेदमा वरिपरि गोलाकार बनाएछन् । एकाबिहानै रुखलाई पातबिना देख्दा किमिको छक्कै परी । बतासले त्रुटिरहित गोलाकार बनाएको देखेर ताज्जुब लाग्यो उसलाई । तेजिलो हावाले त त्यसको आकार बिगारेको हुनुपर्ने नि ।
रुखमा एउटा गतिलो फल चाहिँ बाँकी रहेछ ।
किमिकोले आमालाई बोलाई, “एकपल्ट यता आएर हेर्नुस् न ।”

“मैले हेक्का गरिनछु ।” रुखतिर पुलुक्क हेरेर आमाले भनिन् अनि भान्छाकोठातिरै फर्किहालिन् ।
त्यो देखेर किमिकोले आपूmहरूको एक्लोपनको बारेमा सम्झिन पुगी । वरण्डामाथि देखिने त्यो अनार पनि एक्लो र अस्तित्वविहीन भैmँ लाग्दैथियो ।

दुई हप्ता जति अघि उसको सातवर्षे भदा भेट्न आएको थियो । आउनेबित्तिकै रुखमा झुन्डिएका अनारमा उसको ध्यान पुगिहाल्योे । ऊ हातखुट्टा घिसार्दै रुख चढ्न थाल्यो । किमिकोले जीवनको सजीवता अनुभव गरी ।
“ऊ.. त्यहाँ... माथितिर एउटा ठूलो दाना छ ।” बार्दलीबाटै उसले कराएर भनी ।
“तर त्यो टिपेँभने त म तल ओर्लिनै सक्तिनँ ।”
हो, त्यो कुरा साँचो थियो । दुवै हातमा अनार लिएर ओर्लिनु सहज थिएन । किमिको मुसुक्क हाँसी । कति प्यारो मान्छे थियो ऊ ।
ऊ नआउन्जेलसम्म त पूरै घरले अनारको बारेमा बिर्सिसकेको थियो । अनि अहिलेसम्म पनि सम्झिएकै थिएन ।

अनि त्यो एउटा फलसमेत पातहरूले छोपिएर बसेको रहेछ । अहिले भने नाङ्गो रुखमा झुन्डिएको त्यो फल नीलो आकाशको पृष्ठभूमिमा प्रष्टै देखिएको थियो ।
त्यो एक दाना फल अनि त्यो रुखको फेदमा झरेको पातले बनाएको गोलाकारमा कुनै शक्ति थियो ।

किमिकोले त्यो अनारलाई एउटा बाँसकोे झटारो हानेर भुइँमा झारी । त्यो कस्तरी पाकेको रहेछ भने भित्रका दानाहरूले ठेलेर बोक्रा फुटाएभैmँ देखिन्थ्यो । उसले त्यो दाना वरन्डाको भुइँमा राखी । घाममा अनारका दानाहरू टलक्क टल्किए । घामको किरणले ती दानाहरूलाई छेडेर हिँडे भैmँ लाग्दैथियो ।
उसलाई कताकता खेद लाग्यो ।

दस बजेतिर माथिल्लो तलामा सिलाइबुनाइ गरिरहेको बेलामा किमिकोले केइकिचिको स्वर सुनी । ढोका खुल्लै भए पनि ऊ घुमेर बगैँचातिरै पुगेको जस्तो लाग्दैथियो । उसको आवाजमा एक किसिमको हतारको भाव बुझिन्थ्यो ।
“किमिको ! किमिको !” उसकी आमाले बोलाई, “केइकिची आएको छ !”
उसले सियोमा सिउरिएको धागो फुस्किन दिई । अनि धागो निस्किसकेको सियोलाई भने पिनकुसनमा सिउरिई ।

“तिमी जानुअघि एकपल्ट भेट्न मन छ भनेर किमिको भन्दैथिई ।” केइकिची लडाइँमा जाँदैथियो । “तर नबोलाईकन हामी त्यहाँ आएर तिमीसँग भेटघाट गर्नै सकेनौँ । अनि फेरि तिमी पनि यता आएनौ । जे होस्, आज आयौ, राम्रो ग¥यौ ।”
खाना खाएरै जानुपर्छ भनेर उनले अनुरोध गरेता पनि ऊ हतारमा थियो ।
“कमसेकम एउटा अनार त खाएर जाऊ ! हामीले आफ्नै बारीमा फलाएको !” यति भनेर उसले किमिकोलाई फेरि बोलाउन थाली ।
किमिको तल नओर्लुन्जेलसम्म कुरिबस्नु परेकाले केके न गरेको जस्तो भावमा केइकिचीले उसलाई आँखाकै इसाराले अभिवादन ग¥यो ।
केइकिचीलाई आफ्ना आँखामा केही तातो चिज छिरेको जस्तो लाग्यो । त्यही बेला उसको हातबाट अनारको दाना भुइँमा झ¥यो ।

उनीहरूले एकआपसमा हेराहेर गरे अनि मुसुक्क हाँसे ।
आपूm मुस्कुराइरहेको कुराको भेउ पाउनेबित्तिकै किमिकोको अनुहारमा लाली चढ्यो ।
केइकिची वरन्डाबाट उठ्यो ।
“आफ्नो विचार गर है, किमिको !”
“तिमीले पनि आफ्नो ख्याल गर्नू !”
ऊ त पछिल्तिर फर्किसकेकोे थियो र किमिकोसँग बिदाइसूचक शब्द बोल्दैथियो ।
केइकिची गइसकेपछि पनि किमिकोले बगैँचाको ढोकातिर हेरिरही ।
“कस्तो हतार रहेछ उसलाई ।” आमा चाहिँले भनी, “यो अनारको दाना पनि कति राम्रो है !”
अनार त केइकिचीले वरन्डामै छोडेर गएछ ।

खासमा भन्ने हो भने जतिखेर उसले त्यो अनार छोडाउन आँटेको थियो, त्यतिखेरै उसलाई आफ्नो आँखामा केही तातो चिज छिरेजस्तो लागेको थियो; जसले गर्दा अनार उसको हातबाट झरेको थियो । त्यो अनार दुई टुत्रैm त भएको थिएन तर भित्रका दाना आकाशतिर फर्किने गरी फ्यात्त भुइँमा झरेको थियो ।

किमिकोकी आमाले भान्छामा गएर त्यो अनार पखाली र उसको हातमा थमाइदिई । पहिला त किमिकोले निधारमा गाँठो पारी अनि नलिन खोज्दै रोकिई । त्यसपछि फेरि एकपल्ट उसले अनुहार रातो पारी र असमञ्जसमा पर्दै अनार लिई ।
केइकिचीले छेउतिरका केही दानाहरू छोडाएर लिएको जस्तो लाग्थ्यो ।

आमाले आपूmतिरै हेरिरहेको हुनाले खान्न भनेर भनिहाल्न किमिकोलाई सायद अप्ठ्यारो लाग्यो । उसले बेवास्तापूर्वक अनार टोकी । उसको मुखै अमिलो भयो । एक किसिमको खिन्नताले भरिएजस्तो खुसी अनुभूत गरी उसले । मुटुुभित्रसम्मै सुइरो रोपिएको जस्तो ।
उदासीन भावमा उसकी आमा उठी ।
अनि एउटा ऐनाअगाडि गएर बसी ।
“यता एकपल्ट मेरो कपाल हेर त ! यस्तै जगल्टा लिएर पो मैले केइकिचीलाई बिदा गरको रहेछु ।”

काइँयोले कपाल कोर्दै गरेको आवाज सुनी किमिकोले ।
“तिम्रो बाबा बितेपछि,” उसकी आमाले सुस्तरी भनी, “मलाई त कपाल कोर्नै डर लाग्थ्यो । कपाल कोर्दै गर्दा पनि आपूm के गर्दैछु भन्नेसमेत हेक्का हुन छोडेको थियो । फेरि कुनै बेला सुरमा फर्किन्थेँ । त्यस्तो बेलामा मैले कतिखेर कपाल कोर्ने काम सिध्याउँछु भनेर उहाँले कुरिरहकोे भैmँ लाग्थ्यो ।”

बुवाले खाएर छोडेको जुठो खाना खाने आफ्नी आमाको बानी किमिकोले सम्झन पुगी ।
किमिकोलाई केही चिजले झकझक्याएको जस्तो लाग्यो; कुनै खुसी जसको कारणले उसलाई रुन मन लागिरहेको थियो ।

फालिहाल्न मन नलागेर होला सायद आमाले अनार उसलाई दिएकी । त्यसो हुनुको केवल यही मात्रै कारण हुनुपर्छ । उनीहरूलाई केही पनि चिज नफाल्ने बानी नै परिसकेको थियो ।
एक्लै आफ्नो प्रच्छन्न खुसी समेटेकी किमिकोलाई आमाको अगाडि लाज लाग्यो ।

केइकिचीले सोचेभन्दा राम्रोसँग उसको बिदाइ भएको भन्ने विचारमा किमिको डुबी । यतिखेर भने जति नै लामो समय लागे पनि केइकिची नफर्किएसम्म उसको प्रतीक्षा गर्न सक्छु जस्तो लाग्यो किमिकोलाई ।
उसले आफ्नी आमातिर हेरी । सोजी (बाक्लो कागतको ढोका)मा घामको किरण छरिएको थियो । ढोकाभित्र ऐना अघिल्तिर किमिको बसिरहेकी थिई ।
आफ्नो घुँडामा राखेको अनार खानलाई टोकिहाल्न भने उसलाई कताकता डर लागिरहेको थियो । 

अङ्ग्रेजीबाट नेपालीमा रूपान्तरण : ऋचा शर्मा
सिफल, काठमाडौँ । 

मधुपर्क चैत २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?