logo
२०८१ बैशाख २१ शुक्रवार



हाम्रो सगरमाथा (कविता)

शनिवार |


हाम्रो सगरमाथा (कविता)


आकाश अधिकारी

स्वाभिमानी नेपालीको गौरवमय गाथा
सुन्दर, शान्त, बुद्धभूमि शिरमा सगरमाथा

पहाडभरि गुराँस फूल्छ हिमालमा हिउँ
मधेस, तराई सून फलाउँछ उपमा के दिउँ !
हेलम्बु र मुस्ताङको स्याउका दाना राता
संसारकै अग्लो छाना सुन्दर सगरमाथा
स्वाभिमानी ............. !

हिउँ खोली र नदीनाला सुसाउँदै बग्छन्
अन्धकार हटाउनलाई बिजुली भै बल्छन्
मान्छेसँग प्राकृतिको बलियो छ नाता !
दुनियाँमा चिनाउने हाम्रो सगरमाथा !

स्वाभिमानी ................. ! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?