logo
२०८१ बैशाख २१ शुक्रवार



मुक्तक

शनिवार |


मुक्तक


प्रकाश घायल

घाम बनेर आउनु अझ जून बनेर आउनु
मेरो सरगमको सुमधुर धुन बनेर आउनु
उजाड छ वाग मनमा खडेरी परेर होला
मनको खडेरी हटाउन मनसुन बनेर आउनु ।

ओठमा मुस्कान मनभित्र चोट लुकेको हुन्छ
कर्ममा विश्वास गर्नेको अठोट फुकेको हुन्छ
आत्मविश्वासको धरातलमा उभिएर त हेर्नुस्
झुट मौलाउँछ नसोच्नु झुटको बोट सुकेको हुन्छ ।

जति मन्दिर उति पूजा रित्तै रह्यो थाली पनि
बोझ नै थाम्न नसकेर भत्की गयो पाली अनि
बिझेसी तीखो वचन बाण मुटु औधी दुख्दोरैछ
सियो भै पस्नेहरू निस्की आउँछन् फाली बनी ।

चोरले साधुको अभिनय औलाएर आउँछ
निष्ठुरी पो भएछ समय बौलाएर आउँछ
मलजल गर्नु नै पर्दैन बेथिति र भ्रष्टाचारलाई
त्यस्तो बिरुवा सयमा सय मौलाएर आउँछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?