logo
२०८१ जेष्ठ ६ आईतवार



मानिस हिँड्ने गरेको गोरेटो (कविता)

शनिवार |


मानिस हिँड्ने गरेको गोरेटो (कविता)


महेश प्रसाईं

अनुभूतिको स्वतन्त्र सत्ता

एउटा सारयुक्त मानिस पनि हो,

आयुको अल्पऋतुमा
बगिरहेको शितलता,

घनघोर स्वप्नद्रष्टा पनि सम्झिँदा

अमृतपान गर्न नबिराई जीवनको घडा
जुन घट्घट् अर्थ लाग्न सक्छ,

संवादमा
ईश्वर बोलेको सुनियो भने श्रवणलाई,

नखुम्च्याउनू, कहिले कहिले
आर्तपुकार बज्दा
मानिस नै हिँडेको भेटिन्छ,
जसरी यो गोरेटो कहाँ पुग्छ, नसोध्नू,

ऊ बास बसेको
देउराली र भञ्ज्याङ कहिल्यै अपवित्र हुन सक्तैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?