logo
२०८१ बैशाख १३ बिहीवार



असल मान्छेको खोजी (कविता)

शनिवार |


असल मान्छेको खोजी (कविता)


 केशवराज पाण्डे

कसैलाई छ प्यारो काम, कसैलाई छ प्यारो नाम
कुकर्म होस् या छलछाम, सबलाई छ प्यारो दाम
सच्चरित्र मान्छे, खै अचेल कता हराए
सज्जन मान्छे, हिजोआज कहाँ बिलाए
किन मान्छेको विवेक हराए
किन मान्छेले आफ्नो बाटो बिराए
खै ! असल मान्छे अचेल कता हराए ।

आजकल त
ठूला मान्छे बन्नुपर्छ, कर्तव्य छोड्न
ठूलो काम गर्नुपर्छ, सुकर्म छोड्न
आफू यहाँ बिक्नुपर्छ, जे सुकै गर
जीवनभर माथि चढ्नुपर्छ, बन्नु छ अमर
किन यहाँ मान्छेको विवेक हराए
किन मान्छेले आफ्नो बाटो बिराए
किन मान्छेले आफ्नो अस्तित्व गिराए
खै ! असल मान्छे अचेल कता हराए ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?