logo
२०८१ बैशाख १३ बिहीवार



पृथ्वीलाई क्यासिनो बनाउंँदा (कविता)

शनिवार |


पृथ्वीलाई क्यासिनो बनाउंँदा (कविता)


महेश रेग्मी

मृत्युुले लालमोहर लगाउन आएको
पल पल
छाल – उछालमा
मैले अध्यात्मको बत्ती बालेँ ।

लेराउंँदा – लेराउंँदैका शब्दहरू ओठमा
तर जम्थे
बिना कुनै क्रान्तिकारी रङको बास ।

मलाई ल्याब बनाएर बस्यो
ऊ लयमा थियो
म विधानमा
ऊ मेरो जीवनको घन्टी बजाउन खोज्यो
ऊ मेरो जीवनको बत्ती निभाउन खोज्यो
मैले उसलाई सङ्गीत सिकाएँ
मैले उसलाई पुस्तक पढाएँ
मैले उसलाई योग सिकाएँ ।

कोरोना पृथ्वीलाई व्याख्या गर्न आएको छ
कोरोना मान्छेलाई व्याख्या गर्न आएको छ
पृथ्वीलाई क्यासिनो बनाउंँदा ।

अस्तित्वको पहिचानमा
यो द्वन्द्ववाद । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?