रङका रङबिरङ
गोरखापत्र अनलाइन
चैत्र १४, २०७७ शनिबार
रङहरू अनेक थरीका छन् । जन्मने बित्तिकै रङसँग मानिसको सम्पर्क हुनथाल्छ । अलि चेतनशील भएपछि उसले रङ चिन्न थाल्छ । रङसँग परिचय भएपछि मानिसको रुचि वा छनोट गर्ने विचार र बुद्धिको पनि विकास हुँदै जान्छ । रङका शब्दकोशीय शब्दार्थहरू अनेक पाइन्छन् । कुनै पनि वस्तुमा रहने तथा आँखाले हेरेर चाल पाइने सेतो, रातो, कालो आदि वर्ण, रङ्गाउने पदार्थ, तासको तुरुप, मादक पदार्थ, छाँटकाँट, प्रभाव, फुर्ती आदि अनेक शब्दार्थ शब्दकोश (२०४० ने.रा.प्र.प्र.)...