logo
२०८१ जेष्ठ ५ शनिवार



सुरक्षासहितको एटिएम सञ्चालनमा जोड

बिज्ञान |


सुरक्षासहितको एटिएम सञ्चालनमा जोड



गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । प्राविधिक सुरक्षालाई ध्यानमा राखेर एटिएम मेसिनलाई सुविधासम्पन्न बनाउनुपर्ने धारणा विभिन्न वत्ताहरुले राख्नुभएको छ ।

यहाँस्थित शनिबार एपेक्स लाइफ स्कुलद्वारा आयोजित ‘साइबर एक्सप्लोइट’ कार्यक्रममा हालै भएको घटनालाई मध्यनजर गर्दै सम्बद्ध पक्ष चनाखो हुनुपर्नेमा बत्ताहरुले जोड दिनुभएको हो ।

साइबर अपराधबाट आक्रान्त नेपालमा सम्बद्ध पक्षले बेलैमा सोचेर नयाँ प्रविधि प्रयोग गर्नु वरिष्ठ गणित शिक्षक ऋषिप्रसाद सापकोटाले धारणा राख्नुुभयो ।

सूचनाप्रविधिसम्बन्धी अध्यापन गर्नुहुने शिक्षक डेभिड गुरुङको संयोजनमा भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुले राज्यले एटिएम बन्द गर्नुभन्दा पनि त्यस प्रविधिमा रहेका समस्या समाधान गरेर सेवा दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालयबाट झण्डै दुईसयजना विद्यार्थीहरु सहभागी हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?