logo
२०८१ जेष्ठ ५ शनिवार



एक महिनामा एक पटक खाए पुग्ने गर्भनिरोधक चक्की

बिज्ञान |


एक महिनामा एक पटक खाए पुग्ने गर्भनिरोधक चक्की



म्यासाच्युसेट, मङ्सिर १९ गते । तपाईँ दैनिक रुपमा गर्भनिरोधक चक्की खाएर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक चक्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औषधि पत्ता लगाएका छन् ।
यौ औषधि हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने सो औषधिले सफल परीक्षण भएको छ ।
म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ । जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले गर्भ निरोधक हार्मोनहरूलाई विस्तारै निश्काशन गर्ने बताइएको छ । यसबाट एक पटक लिएको चक्कीले एक महिना सम्म काम गर्ने छ । बाहिर क्यप्सुल अकारमा देखिए पनि पेट भित्र पुगेपछि साे क्याप्सुल तारा अाकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग अाैषधि शरीरमा निश्कासन हुन्छ    सीएनएन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?