logo
२०८१ जेष्ठ ५ शनिवार



वर्षकै छोटो दिन , किन हुन्छ दिन छोटो ?

बिज्ञान |


वर्षकै छोटो दिन , किन हुन्छ दिन छोटो ?


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । आज वर्षकै सबैभन्दा छोटो दिन परेको छ । सामान्यतया २१ वा २३ डिसेम्बरका दिन सबैभन्दा छोटो दिन हुने गरेको छ । तर यसपटक भने पछिल्लो चार वर्षमा पहिलो पटक २२ डिसेम्बरको दिन सबैभन्दा छोटो दिन पर्न गएको हो । यद्दपी उक्त दिन कहिलेकाहिं २० डिसेम्बरमा पर्न सक्ने बताइन्छ ।
पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन छोटो र दक्षिणी गोलाद्र्धमा दिन लामो हुने नेपाल एस्ट्राेनाेमिकल साेसाइटीका अध्यक्ष सुरेश भट्टराइले बताउनुभयाे  । नेपाल उत्तरी र पूर्वी दुबै गोलाद्र्धमा पर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुन्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडो याम हुने बताइन्छ ।
२२ डिसेम्बरको दिन वर्षको सबैभन्दा छोटो दिन भनिए पनि नेपालमा भने सूर्योदय र सूर्यास्तको समयको आधारमा २१ डिसेम्बरमै छोटो दिन परेको देखिन्छ । नेपालमा आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो । सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ । यस आधारमा आज १० घण्टा २४ मिनेट दिन रहयो ।
तर शनिबार भने ६ बजेर ५० मिनेट जाँदा सूर्योदय हुँदा पाँच बजेर १३ मिनेटमै सूर्यास्त भएको थियो । यस आधारमा १० घण्टा २३ मिनेट दिनको अवधि पर्दा सबैभन्दा छोटो दिन शनिबार परेको थियो ।
२१ जुनमा सबैभन्दा लामो दिन र छोटो रात पर्छ । यसवर्ष २१ जुनको दिन बिहान ५ बजेर ९ मिनेटमा सूर्योदय हुँदा साँझ ७ बजेर दुई मिनेटमा सूर्यास्त भएको थियो । छोटो दिनमा करीब १० घण्टाको दिन हुन्छ भने लामो दिनमा उक्त अवधि बढेर करीब १४ घण्टासम्म पुग्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?