भौतिक शास्त्रको नोबेल पुरस्कार : ब्लाक होलको नाम
गोरखापत्र अनलाइन
मंसिर २४, २०७७ बुधबार
सन् २०२० को भौतिक शास्त्र सम्बन्धि नोबेल पुरस्कार, ब्लाक होल ९कृष्ण क्षिद्र० बारे अनुसन्धान गरेका तीन वैज्ञानिकलाई डिसेम्बर १० तारिकका दिन प्रदान गरिने भएको छ। ब्लाक होललाई आइन्सटाइनीय सामान्य सापेक्षताको एक मूलभूत परिणामको रूपमा प्रमाणित गरेका, अक्सफोर्ड विश्वविद्यालयमा कार्यरत ८९ वर्षीय सर रजर पेनरोजलाई पुरस्कार राशिको आधा हकदार मानियो। बाँकी भागको चाहिं, आकाश गङ्गा ९मिल्कि वे० नामाङ्कित हाम्रो सूर्यको गृह...