कोरोनाविरुद्धको खोपले युवा तथा पाको उमेरका दुबैमा राम्रो प्रतिरोधि क्षमता विकास गरेको दावी
गोरखापत्र अनलाइन
कार्तिक ११, २०७७ मंगलवार
कोरोना भाइरस (कोभिड १९) विरुद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपले युवा तथा ज्येष्ठ नागरिक दुबैमा प्रतिरोधि क्षमता विकास गरेको बताइएको छ । बेलायती संस्था ड्रग मार्करका अनुसार सो खोपले निकै कम नकारात्मक असर देखाएको पनि जनाएको छ ।
सो विश्वविद्यालय अन्तगर्तको अस्ट्रा जेनिकाले सो खोपको विक्री तथा उत्पादनका लागि धेरै देश तथा कम्पनीसँग सम्झौता गरी सकेको छ ।