चिनियाँ खोप अन्तिम चरणमा, युद्धस्तरमा वितरण प्रणाली बनाइँदै
इश्वरचन्द्र झा
मंसिर १७, २०७७ बुधबार
विश्वभरि दशौं लाख आपूर्तिको प्रतिबद्धता जनाएको चीनले कोभिड–१९ विरुद्धको खोप भण्डारणको बलियो तयारी गरेको छ । दक्षिणी चीनको शेनजेन शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एक कुनामा सेता च्याम्बरबाहिर लगाइएको पर्दामा भित्रको तापक्रम देखाइएको छ ।
सुरक्षा कामदारहरु सर्जिकल गाउन, अनुहार ढाक्ने मास्क र रबरको पञ्जा लगाएर बाहिर पहरा दिदैछन् । उक्त च्याम्बरभित्र प्रवेश गर्ने जो कोहीले कम्तिमा दुई साताको क्वारेन्टिन...