नब्बे प्रतिशतलाई सङ्क्रमणबाट जोगाउने, दुई महिनामा पाँच करोड डोज उत्पादन गरिने
इश्वरचन्द्र झा
कार्तिक २४, २०७७ सोमबार
कोरोनाभाइरस विरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत ब्यक्तिलाई कोभिड–१९ सङ्क्रमणबाट जोगाउने दाबी गरिएको छ । खोप विकास गरेको पीफिजर र बायोएनटेकले खोपको सकारात्मक परिणाम आएको दिनबारे “मानव र विज्ञानका लागि उपलब्धिको दिन” भनेर टिप्पणी गरेको छ ।
छ राष्ट्रका ४३ हजार पाँच सय ब्यक्तिमा गरिएको परीक्षणको क्रममा सुरक्षाको कुनै सबाल नउठाइएको खोप अन्वेषणकत्र्ताले दाबी गरेका छन् । कम्पनीले यसै महिनाको अन्त्यसम्म आकस्मिक...