भारतीय प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्विटर खातामा साइबर आक्रमण
गोरखापत्र अनलाइन ,
भाद्र १८, २०७७ बिहीबार
जुलाई महिनामा ट्वीटरले १३० सेलेब्रेटीका ट्वीटर खाता साइबर आक्रमणमा परेको जनाएको छ । तर त्यसमध्ये केहीमा मात्रै हयाकरले नियन्त्रण पाएको थियो । जसमध्ये अमेरिकी पूर्ब राष्ट्रपति बराक ओबामा, एलन मस्क, कान्ये वेष्ट र बिल गेट्स जस्ता ब्यक्तिको ट्वीटर खाताबाट बिटक्वाइनमा लगानीका लागि आग्रह गरिएको थियो । अमेरिकी गुप्तचर निकाय ‘एफबीआई’लाई उक्त आक्रमणको अनुसन्धान गर्ने जिम्मा दिएको छ ।