डिजिटल एक्सरे मेशिनबाट सेवा शुरु
रासस
आश्विन २१, २०७६ मंगलवार
जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ । अस्पतालमा भएको सामान्य एक्सरे मेशिन पनि बिग्रिएको र बिरामीलाई एक्सरे सेवा लिन कठिन भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले लाखाँै मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेशिन डोटी अस्पतालमा पठाएपछि अहिले उक्त मेशिनबाट सेवा दिन थालिएको होे ।