logo
२०८१ बैशाख १८ मंगलवार



राँगा पीडितलाई २५ हजार सहयोग

समाज |
प्रदेश |


राँगा पीडितलाई २५ हजार सहयोग


जयकृष्ण यादव,

इनरुवा, भदौ ८ गते । राँगाको आक्रमणबाट दुई हप्ता अघि मृत्यु भएका हरिनगर गाउँपालिका वार्ड नम्बर ४ का फेकुलाल मेहताका परिवारलाई २५ हजार रुपियाँ सहयोग गरिएको छ ।

मृतक परिवारलाई क्रिया खर्चका लागि हरिनगर गाउँपालिकाको विपद ब्यवस्थापनको सहयोगमा नगद २५ हजार रुपैयाँ मृतकका जेठा छोरा दुखीलाल मेहतालाई हरिनगर गाउँपालिका कार्यालयमा बोलाई नगद रु २५ हजार हस्तान्तरण गरेको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रशासकीय अधिकृत कृष्ण बहादुर कार्की र हरिनगर वडा नम्बर ४ का अध्यक्ष सुदीलाल मेहताले संयूक्त रुपमा २५ हजार रुपियाँ मृतकका जेठो छोरा दुखीलाल मेहतालाई हस्तान्तरण गरेको छ ।

दुई हप्ता अघि राँगाले फेकुलाल मेहतालई आक्रमण गरेको थियो । मेहतालाई उपचार गर्ने क्रममा मेहताको मृत्यु भएको थियो । राँगा सर्वसाधारणहरुलाई हेर्नबितिकै आक्रमण गर्ने गरेकोले स्थानीय सरकारको छलफलबाट राँगालाई ५५ हजार ५ सय रुपियाँमा बिक्री गरी सो रकम बाबा बासुकीनाथ मन्दिरका अध्यक्ष राम नारायण मेहतालाई जिम्मा लगाएको थियो । मन्दिर ब्यवस्थापन तथा घेराबेरामा गर्न सो रकम खर्चिएकोे स्थानीय सुकल मेहताले जनाएका छन् । तस्विरः फाइल फोटो 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?