logo
२०८१ बैशाख २० बिहीवार



रबि लामिछाने सहित तीन जना विरुद्ध अदालतमा मुद्दा दायर

समाज |


रबि लामिछाने सहित तीन जना विरुद्ध अदालतमा मुद्दा दायर


बसन्त पराजुली
भरतपुर भदौ ८ गते । शालिग्राम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तिन जना विरुद्ध चितवन जिल्ला अदालतमा अभियोग पत्र (मुद्दा ) दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको सिफारिसका आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालय चितवनले तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरि आइतवार मुद्दा दर्ता गराएको हो ।
मुलुकी अपराध सहिता ऐन २०७४ को दफा १३५ अन्रर्गत रवि सहित तीन जना विरुद्ध मुद्दा दर्ता भएको हो । मुद्दा दावि अनुसार ठहर भए अभियुक्तहरुलाइ पाँच वर्ष सम्म जेल र ५० हजार रुपैयाँ सम्मको जरिवाना हुने कानुनी ब्यवस्था छ ।
जिल्ला न्यायाधिवक्ता यदू शर्माले आइतवार दिउँसो सो मुद्दा दर्ता गराउनु भएको हो ।
पत्रकार शालिग्राम नारायणगढको होटल कगारुमा २०७६ साउन २० गते राति मृत अवस्थामा भेटिएका थिए । उनले मर्नु अघि रेकर्ड गराएको भिडियोका आधारमा टेलिभिजनमा कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्तिता कार्कीलाइ प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको थियो ।
कोठा भित्र पंखाको रडमा नाइलनको डोरीले पासो लगाएको अवस्थामा शालिग्रामको शव भेटिएको थियो ।
शालिग्राम पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा  रवि लामिछाने, पत्रकार युवराज कडेल र नर्स अस्मिता कार्की साउन ३० गते काठमाण्डौबाट पक्राउ गरि साउन ३१ गते चितवन जिल्ला अदालतमा अनुसन्धानका लागि म्याद थप गरिएको हो । शुरुमा पाँच र दोश्रोमा पाँच गरि दश दिन भित्र प्रहरीले अनुसन्धान गरि फायल वुझाए पछि अदालतमा मुद्दा दर्ता गरिएको हो ।
मुद्धा दर्ता गरि लगत्तै अस्मिताको वयान सकियो भने रवि र युवराजको वयान सोमबार गर्ने अदातले जनाएको छ ।
मुद्धालाइ हेर्दा हुर्दैको सूचिमा राखेर अदालतले वयान सोमबार लिन लागेको हो । दुवै जनाको वयान सकिए पछि पक्ष विपक्षका झण्डै दुई दर्जन वकिलहरुको वहस पछि अदालतले थुन छेक आदेश दिने छ ।
“अभियुक्तहरुका हकमा भोलिको वहस पछि कि थुनेर वा धरौटी वा सुद्ध तारेरखमा राख्ने अदालतले आदेश गर्ने छ”, अविवक्ता गोविन्द सिक्देलले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?