logo
२०८१ बैशाख १५ शनिवार



विमानमा चोरी गर्ने दुई चिनियाँ अन्तर्राष्ट्रिय गिरोहको सदस्य

समाज |


विमानमा चोरी गर्ने दुई चिनियाँ अन्तर्राष्ट्रिय गिरोहको सदस्य


देबबहादुर कुँबर 

काठमाडौँ, भदौ ७ गते । अन्तर्राष्ट्रिय उडान गरिरहेका विमानहरू भित्रै चोरी हुने गरेको रहस्य खुलेको छ । टर्कीस एयरमा चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
टर्कीको इस्तुम्वालबाट काठमाडौँ आउने क्रममा नेपाली मूलका डेनिस दम्पतिको नगद तथा सुनका गहना चोरीको अभियोगमा चिनियाँ नागरिक हु जिनजुङ र माँ क्वीयी शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन ।
उनीहरूको साथबाट चोरीको सुन दुई थान बाला र केही नगद युरो बरामद भएको छ । यो समूह विमानभित्र चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोह भएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले दिनुभएको हो ।
गत बुधवार इस्तुम्वालबाट काठमाडौं आउँदा डेनिस नागरिक बुद्धमाया, उहाँका श्रीमान जोन बेन्थीन र ती दुई चिनियाँ नागरिक अगाडि–पछाडिको सीटमा सवार थिए । वेन्थिन दम्पति निद्रामा भएको मौका छोपि सुन चार तोला र नगद करीव १७ लाख मुल्य बराबरको सामान चोरी भएको थियो ।
तीसदिन लामो बसाई छोट्याएर अभियुक्तहरू तीन दिनमै फर्किएपछि पर्यटक प्रहरीले अनुसन्धान शुरु गरेको हो । यो समूहले राति अन्य यात्रु मष्त निद्रामा भएको मौका छोपि विमानको घर्रामा राखेको लगेज तथा झोला निकालेर सामान चोरी गरेको भनाई प्रहरीको छ ।
वेन्थीन दम्पती ओखलढुङ्गा सञ्चालित स्वास्थ्य, शिक्षा र सरसफाई कार्यक्रम सम्पन्न गर्न सहयोग स्वरुप ५० हजार डेनिस (आठ लाख), सातहजार युरो (आठलाख ८२ हजार), ५० हजार र चारवाला सुन बोकेर आएका थिए ।
यसअघि पनि इस्तुम्बालबाट काठमाडौँ आउँदै गरेकी स्नेहा अधिकारीको झोलाबाट नगद र सुनका गहना चोरी भएको मौखिक उजुरी आएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता कृष्णबहादुर चन्दले बताउनुभयो ।
विशेष गरी ईस्तुम्वाल, दुवाई, बैकक लगायतका विभिन्न मुलुकबाट नेपाल आउने विमानहरूमा सवार यात्रुको ह्याण्ड लगेजबाट नगदका साथै अन्य सामान चोरी हुने गरेको जानकारी महानगरीय प्रहरीले दिएको छ ।
पीडितका कारण कानुनी कारवाहीमा समस्या
विमान तथ सार्वजनिक याताायातका साधनभित्र हुने चोरीमा संलग्न अभियुक्तहरू कानुनी कारवाहीबाट उन्मुक्ति पाउँदै आएका छन् ।
यस्ता ब्यक्तिलाई चोरी तथा पकेटमारीमा मुद्दा चलाउन प्रर्याप्त प्रमाणको अभाव हुने भएकाले यस्तो समस्या आएको हो ।
पीडितले पनि चोरीको सामान फेला पर्नेमा विश्वास नगर्ने, मुद्दा प्रक्रिया लम्बिने र सम्पूर्ण सामान बरामद नहुने यस्ता घटनामा संलग्न अभियुक्तलाई अभद्र व्यवहार अन्तरगत मुद्दा चलाउने गरिएको छ ।
यो मुद्दा अन्तर्गत २४ दिन वयानका लागि प्रहरीको हिरासतपछि अदालतको आदेशमा धरौटि जमानत राखेर छुट्दै आएका छन् ।
पीडित वेन्थीन दम्पतिले पनि चोरी मुद्दामा अभियुक्तहरूलाई कानुनी कारवाही गर्दा महिनांै दिन कुर्नु पर्ने र चोरी भएको सम्पूर्ण नगद नपाउने भएकाले अभद्रव्यवहारमा नै मुद्दा चलाउन सहमत हुनु भएको छ ।
तर नेपालस्थित चिनियाँ राजदुतावासका एक प्रतिनिधिले आफ्ना दुई नागरिकलाई जिम्मा लिई केही दिनभित्र आवश्यक कारवाहीपछि चीन फर्काइ दिने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?