logo
२०८१ बैशाख १६ आईतवार



बाल यौन दुरुपयोगको आरोपमा युवक पक्राउ

समाज |


बाल यौन दुरुपयोगको आरोपमा युवक पक्राउ


सर्लाही, भदौ ९ गते । सर्लाही प्रहरीले बाल यौन दुरुपयोगमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बसबरिया गाउँपालिका–५, धनगढाका २२ वर्षीय रवी ठाकुर रहेका छन् । गाउँकै १५ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा ठाकुरलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । भर्खरै वैदेशिक रोजगारबाट फर्किएका ठाकुरले गत साउन २४ गते राती बालिकाको घरमै पुगेर करणीको प्रयास गरेका थिए ।

पीडितको जाहेरीका आधारमा प्रहरीले साउन २८ गते नै ठाकुरलाई पक्राउ गरे पनि घटना भने भर्खरै सार्वजनिक भएको हो । ठाकुरविरुद्ध दोस्रो पटक म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?